कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । प्रदेश सभासचिवालयले सूचना जारी गर्दै अधिवेशन अन्त्य भएको जनाएको हो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम आज राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
विधेयक अधिवेशनका रुपमा लिइने हिउँदे अधिवेशनमा प्रदेश सभाले एउटा पनि पास नगरेर सकिएको छ । विषयगत समितिमा ८ वटा विधेयक विचाराधीन थिए । तर लकडाउनका कारण एउटा पनि विधेयक पास नगरी अधिवेशन अन्त्य भएको हो ।
माघ २४ गतेदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशन गत फागुन २७ गतेदेखि स्थगित थियो । अधिवेशनमा ६ वटामात्रै बैठक बसेको थियो । कोरोना भाइरसको अधिवेशन अन्त्य गरिएको सचिवालयले जनाएको छ ।