बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बन्दाबन्दी लागू गर्न नागरिकमाथि भइरहेको अभद्र व्यवहारप्रति नागरिक समाजको आपत्ति

बन्दाबन्दी लागू गर्न नागरिकमाथि भइरहेको अभद्र व्यवहारप्रति नागरिक समाजको आपत्ति

सुरक्षाकर्मीद्वारा नागरिकमाथि भएको गैरकानुनी शक्तिको प्रयोग, दुव्र्यवहार एवं कुटपिटका घटनाप्रति ध्यानाकर्षण भएको समितिले जनाएको हो।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडौं– कोभिड–१९ को रोकथामका लागि जारी बन्दाबन्दी लागू गराउन मुलुकको विभिन्न भागमा नागरिकमाथि भइरहेको अभद्र व्यवहारप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति प्रकट गरेको छ।

आज प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीद्वारा नागरिकमाथि भएको गैरकानुनी शक्तिको प्रयोग, दुव्र्यवहार एवं कुटपिटका घटनाप्रति ध्यानाकर्षण भएको समितिले जनाएको हो।

राज्यबाट अतिरिक्त संरक्षणको खाँचो भएका विपन्न तथा श्रमजिवी नागरिकले गन्तव्यमा पुग्न भोगिरहेका दुःख–सास्तिका घटनाप्रति पनि समितिले चासो राखेको छ।

स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र राजमार्गमा हिँडिरहेका नागकिरमाथि भइरहेको सरकारी व्यवहारप्रति समितिले निन्दा गरेको छ।

नागरिकमाथि अभ्रद व्यवहार गर्ने काम तत्काल बन्द गर्न र त्यस्ता कार्यमा संलग्न प्रहरीमाथि अनुसन्धान गरी कानुन बमोजिम कारबाही गर्न समितिले माग गरेको छ।

समितिले भोकभोकै हिँडिरहेका नागरिकलाई तत्काल उद्दार गरी गन्तव्यसम्म पु¥याउने व्यवस्था गर्न पनि तिनै तहको सरकारसँग माग गरेको छ।
चरण प्रसाई, संयोजक रहेको समितिमा गोविन्द बन्दी, मन्दिरा शर्मा, प्रा. कपिल श्रेष्ठ, डा. गौरीशंकरलाल दास, कनकमणि दिक्षित, डा.गोपाल सिवाकोटी, शोभाकर बुढाथोकी, सुमन अधिकारी सदस्य छन्।

त्यस्तै, देवी सुनवार, विरेन्द्र थपलिया, दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल, राजु प्रसाद चापागाई, सवित्री श्रेष्ठ, जनक राउत, ईन्द्रप्रसाद अर्याल, माहामुश्वर आचार्य, बाबुराम गिरी, राजन कुईकेल, बिकास बस्नेत, अनिता थपलिया, भक्त विश्वकर्मा, पंकजलाल कर्ण, बद्रि भुसाल, रुकमनी महर्जन, रणधिर चौधरी पनि सदस्य छन्।

प्रकाशित: Apr 17, 2020| 15:37 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।