मंगलबार, असार ३०, २०८३

सय पाइला हिँडेर १६ मिलियन पाउन्ड संकलन

ब्रिटेनका पूर्वसैनिक टोम मूर दोस्रो विश्वयुद्धमा इंग्ल्यान्डका नायक थिए। तिनै टोम ९९ वर्षको उमेरमा अहिले कोरोना भाइरस रोग (कोभिड–१९) विरुद्धको अभियानमा पनि खटिएका छन्।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

ब्रिटेनका पूर्वसैनिक टोम मूर दोस्रो विश्वयुद्धमा इंग्ल्यान्डका नायक थिए। तिनै टोम ९९ वर्षको उमेरमा अहिले कोरोना भाइरस रोग (कोभिड–१९) विरुद्धको अभियानमा पनि खटिएका छन्।

उनले बगैँचामा सय पाइला हिँडेर १६ मिलियन पाउन्ड संकलन गरेका छन्। यो रकम राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)लाई प्रदान गर्ने उनले बताए। टोमले इंग्ल्यान्डका ठूला खेलाडीको चुनौतीमा यो दौड पुरा गरेका थिए।

टोम यही अप्रिलमा सय वर्ष पूरा हुँदै छन्। उनले आफ्नो सबै मेडलले सजिएको एक ह्विलचेयरको सहयोगले सय पाइला हिँडेका थिए। त्यस अवधिमा २५ मिटर अर्थात् ८२ फिट दुरी पार गरे। उनको साथमा परिवारका सदस्य पनि थिए।

उनी सय पाइला हिँडेर हजार पाउन्ड संकलन गर्न चाहान्थे। तर, उनका प्रशंसकले दिल खोलेर दान गरेका कारण चाहनाभन्दा धेरै गुणा रकम संकलन भएको हो।

चुनौती पूरा गरेपछि टोमले भने, “मलाई यति धेरै पैसा जम्मा होला जस्तो लागेको थिएन। आज मलाई गर्व लागेको छ। मलाई धेरै राम्रो लागेको छ। अब यो संकटपछि नयाँ सूर्य उदय हुने कुरामा म पूर्ण विश्वस्त छु।”

प्रधानमन्त्री बोरिस जोनसनले पनि टोमको यो कदमको तारिफ गरेका छन्।

टोम दोस्रो विश्वयुद्धको समयमा इंग्ल्यान्डको सेनामा भर्ती भएका थिए। त्यसपहिले उनी सिभिल इन्जिनियर थिए। पछि उनलाई सैनिक क्याप्टेन पनि बनाइएको थियो। क्याप्टेन भएर उनले उनले विश्वयुद्धको समयमा भारत र म्यान्मारमा काम गरेका थिए।

एजेन्सी

प्रकाशित: Apr 17, 2020| 14:36 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।