सोमबार, वैशाख २८, २०८३

अमेरिकामा लकडाउन खोल्न तीन चरणको योजना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस प्रसार रोक्न विभिन्न राज्यद्वारा जारी लकडाउन हटाउन तीन चरणको योजना सार्वजनिक गरेका छन्।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस प्रसार रोक्न विभिन्न राज्यद्वारा जारी लकडाउन हटाउन तीन चरणको योजना सार्वजनिक गरेका छन्।

National life

“मेरो प्रशासनले नयाँ संघीय निर्देशिका जारी गरेको छ। यसबाट राज्यका गभर्नरलाई चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउन मद्दत पुग्नेछ,” ट्रम्पले भनेका छन्।
निर्देशिकामा यसअघि कायम सामाजिक दूरीसम्बन्धी प्रतिबन्ध भने यथावत् छ।

लकडाउन खुकुलो बनाउनुअघि कुनै पनि राज्य वा क्षेत्रमा कुल कोरोना संक्रमितको संख्यामा कमी आएको हुनुपर्नेछ।

पहिलो र दोस्रो चरणमा, सार्वजनिक स्थानमा “सामाजिक दूरी” को निरन्तरता कायम राख्ने तथा १० जना भन्दा बढी व्यक्ति भेला हुन नपाइने उल्लेख छ। साथै जोखिममा रहेका कमजोर व्यक्तिलाई घरबाहिर निस्कन दिनु हुँदैननिस्कने प्रबन्ध गर्नुपर्नेछ। यसबाहेक, “अत्यावश्यक बाहेक” को अवस्थामा यात्रामाथिको प्रतिबन्ध कायम रहनेछ।

तेस्रो चरणअन्तर्गत सबै जनाले भीड र सार्वजनिक अन्तरक्रिया कम गर्नुपर्ने उल्लेख छ। बार र जिमहरूले संक्रमण फैलिन नदिन सुनिश्चितता गर्नुपर्नेछ।

प्रकाशित: Apr 17, 2020| 13:46 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।