बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको प्रश्न– पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ?

कांग्रेसको प्रश्न– पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ?

नेपाली कांग्रेसले खाद्यान्न अभाव हुँदा सयौं किलोमिटर पैदल यात्रा गर्दै घर गइरहेका श्रमिकलाई सुरक्षित रुपमा घर पुर्याउन सरकार समक्ष माग गरेको छ। शुक्रबार प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय नभएको भन्दै सरकारलाई अविलम्ब श्रमिकलाई सुरक्षित ढंगले गाउँ पुर्‍याउने प्रबन्ध मिलाउन सरकारसमक्ष माग गरेको हो।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडौं - नेपाली कांग्रेसले खाद्यान्न अभाव हुँदा सयौं किलोमिटर पैदल यात्रा गर्दै घर गइरहेका श्रमिकलाई सुरक्षित रुपमा घर पुर्याउन सरकार समक्ष माग गरेको छ। शुक्रबार प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय नभएको भन्दै सरकारलाई अविलम्ब श्रमिकलाई सुरक्षित ढंगले गाउँ पुर्‍याउने प्रबन्ध मिलाउन सरकारसमक्ष माग गरेको हो।

कांग्रेसले प्रश्न गर्दै भनेको छ, ‘कोरानाले बच्ने, भोकले मर्ने? सरकार! पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन?’ कांग्रेसले लकडाउन लम्बिँदै जाँदा अहिलेको बासस्थानमा आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति नरहेकोले हजारौं श्रमिक पैदलै घरतर्फ लागेकाले उनीहरुको उचित प्रबन्ध मिलाउन माग गरेको छ।

कांग्रेसले श्रमिकका हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं भन्दै भनेको छ, ‘अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न?

सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुने भन्दै कांग्रेसले भनेको छ, ‘अघिल्तिरको स्थिति देखिन्छ भने देख्नु पर्‍यो सरकार। सुनिन्छ भने सुन्नु पर्‍यो। बुझिन्छ भने बुझ्नु पर्‍यो। गम्भीर परिस्थितिको गहिरो समिक्षा गर्दै उच्च ब्यवहार कुशलता साथ सरकारले कार्य गरोस्, संकटमा साथ रहेको प्रतिपक्षी दल सरकारलाई सचेत गराउँछ।’

प्रकाशित: Apr 17, 2020| 13:34 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।