बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सडकमा पैसा फ्याँक्दै महिला भागेपछि जनकपुरका स्थानीय त्रसित

सडकमा पैसा फ्याँक्दै महिला भागेपछि जनकपुरका स्थानीय त्रसित

जनकपुरमा दुईजना महिलाले सडकमा पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

जनकपुरधाम– जनकपुरमा दुईजना महिलाले सडकमा पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका छन्।

जनकपुरधाम–४ महावीर चोकमा शुक्रबार एक बजेतिर दुईजना महिलाले १० रुपैयाँको नोट छरेर भागेको स्थानीयवासीले बताएका छन्।

नीलो र हरियो रङको साडी लगाएका उनीहरुले करिब सय मिटर दूरीसम्म सडक र पसलको छेउमा रुपैयाँ फ्यालेका थिए। 

स्थानीयका अनुसार सडकमा पैसा किन फ्यालेको भनेर सोधेपछि दुबैजना पेठिया बजारतर्फ भागेका छन्। 

‘नीलो र हरियो रङको लुगा लगाएका मुस्लिमजस्तै देखिने दुई महिला पैसा फ्याल्दै हिंडेको हामीले देख्यौं, पैसा किन फ्यालेको सोधेपछि दुबैजना कुदे,’ महावीर चाेकका प्रत्यक्षदर्शीले भने। 

स्थानीयवासीकाअनुसार तीनचारजना मानिसले उनीहरुले फ्यालेको रुपैयाँ सडकबाट उठाएका छन्। त्रसित बनाएका स्थानीयहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए।

सडकमा फ्यालिएका केही नोट प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले रुपैयाँ फ्यालिएको स्थानमा सेनेटाइज गरेकाे छ।

सडकमा रुपैयाँ फ्याल्ने महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। साथै स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीले रुपैयाँ टिप्ने व्यक्तिहरुको समेत खोजी गरिरहेकाे छ।

नजिकै रहेको एक घरमा सीसीटीभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: Apr 17, 2020| 13:33 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।