शनिबार, फागुन ३०, २०८२

कोरोना : चीनले एक्कासि बढायो मृतकको संख्या

चीनले गत डिसेम्बरमा संक्रमण देखा परेको बुहान सहरमा मृत्यु हुनेको संख्या एक्कासि ५० प्रतिशत बढाएको हो।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडाैं : चीनले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको आधिकारिक तथ्यांक एक्कासि बढाएको छ। गत डिसेम्बरमा संक्रमण देखा परेको बुहान सहरमा मृत्यु हुनेको संख्या एक्कासि ५० प्रतिशत बढाइएको हो।

National life

कोरोना भाइरसको केन्द्र रहेको बुहानमा यसअघि २५७९ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। त्यहाँ पछिल्लोपटक १२९० जना थप मृत्यु भएको भन्दै चीनले नयाँ तथ्यांक सार्वजनिक गरेको छ। अब चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४६३२ पुगेको छ।

बुहानको महामारी सुरक्षा नियन्त्रण मुख्यालयले अस्पताल पुग्न असमर्थ बिरामीको मृत्यु, दोहोरो सूचना संकलन, विपतमा निजी र अस्थायी अस्पतालबाट सूचना संकलनमा भएका कठिनाइ आदिका कारण मृत्यु हुनेको तथ्य छुटेको दाबी गरेको छ।

चीनले कोरोनाबाट मृत्यु हुनेको पछिल्लो विवरण सार्वजनिक गरेपछि अमेरिकाजस्ता चीनविरोधी मुलुकलाई आलोचना गर्न थप सजिलो भएको छ।

यसै पनि अमेरिकाले चीनमाथि कोरोना भाइरससँग सम्बन्धित सूचना लुकाएको आरोप लगाउँदै आएको छ।

Laxmi sunrise bank
kumari

कोरोना भाइरसको उद्गम चीनमा अहिले संक्रमण दर अन्यन्त न्यून हुन थालेको छ। कोरोना भाइरस संक्रमणका कारण खुलेका अस्थायी अस्पताल बन्द भइसकेका छन् भने जनजीवन सामान्य हुन थालेको छ।

चीनमा कोरोनाबाट ८२ हजार ६ सय ९२ संक्रमित भएका छन्। ७७ हजार ९ सय ४४ लाई भने निको भइसकेको छ।

प्रकाशित: Apr 17, 2020| 12:32 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।