बिहीबार, भदौ ४, २०८३

लकडाउनमा पनि रोकिएन चोरी–तस्करी

जिल्लाको केवटलिया नाकाबाट खाने तेल, चामल, जिउँदो कुखुरा, इनडक्सन चुल्होको तस्करी भइरहेको स्थानीय हरेराम मल्लाहले बताए । उनले भने, ‘पुलिस आउँदै आउँदैन, यहाँ जसले जे गरे पनि हुन्छ ।’
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

भैरहवा– लकडाउको समयमा पनि सीमावर्ती क्षेत्रमा चोरी–तस्करी नरोकिएको स्थानीयले बताएका छन्। यस समयमा तस्करी गर्न अझ सजिलो भएको स्थानीयको भनाइ छ।

‘सबैजना घरभित्र छन् । यो बेला झनै चोरी तस्करी बढेर गएको छ,’ रुपन्देहीको मर्चवारका स्थानीय गोबद्र्धन केवटले भने, ‘अरुबेला स्थानीय घरबाहिर हुँदा चोरी तस्करी भएको देख्थे अनि प्रहरीलाई खबर गर्थे । तर यतिबेला उनीहरुलाई अवरोध गर्ने कोही छैन ।’

स्थानीय लुम्बिनी खबरका पत्रकार समेत रहेका स्थानीय बासिन्दा असलम खानले लकडाउनको मौका छोपेर यतिबेला सीमावर्ति क्षेत्रमा चोरी तस्करी गर्नेहरु सक्रिय भएको बताए ।

उनले भने, ‘जिल्लाको मर्चवार क्षेत्रमा यतिबेला चोरी तस्करी ह्वात्तै बढेर गएको छ । पहिले पहिले रातिमा हुन्थ्यो, अहिले त दिउँसै भइरहेको छ ।’ खानका अनुसार नेपालबाट हरियो मटर र रक्सी पारि गइरहेको छ भने भारतबाट चिनी, दाल, चामल, तेल नेपाल भित्रिरहेको छ ।

खानले चोरी तस्करी बढेको विषयमा स्थानीय प्रहरीलाई बारम्बार जानकारी गराउँदा पनि सुनुवाई नभएको गुनासो समेत गरे । उनले भने, ‘चोरी तस्करीमा संलग्नहरुले कोरोना पनि ल्याउन सक्छन्, रोकिदिनु पर्यो, सीमामा आवतजावतमा कडाइ गर्नुपर्यो भनेर बारम्बार भनिरहेका छौं । तर प्रहरी कानमा तेल हालेर बसेझैं छ ।’

स्थानीयले सीमावर्ती क्षेत्रमा भइरहेको चोरीतस्करीको तस्बिर र भिडियो फेसबुकमा हालेर स्थानीय प्रशासनको ध्यानाकर्षण पनि गराएका छन् ।

स्थानीय मर्चवार सन्देश पत्रिकाका पत्रकार हृदयराम गुप्ताले मर्चवारमा लकडाउनको बेला पनि चोरी तस्करी नरोकिएको भन्दै तस्बिरसहित प्रशासनको ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘समरीमाई गाउँपालिका वडा नं. १ सँग जोडिएको भारतको सीमा क्षेत्रबाट आवतजावत पूर्व रूपले रोकिएको छैन । दिउँसो नै मदिराको तस्करी भइरहेको छ ।’

स्थानीयले मदिरा तस्करी भइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी ढिला आउँदा धेरैजसो साइकल भागे पनि एकजनालाई पक्राउ गरी एक सय थान रक्सीको बोतल बरामद गरेको छ ।

रुपन्देहीका मर्चवार, केवटलिया, पीपरीहीया, भगवानपुर, चनौली बगाह, कालिदह, बगौली, चन्नी, करौता, थुमुहवा पीपरहवा, मुडुला लगायतका नाकाबाट दैनिक चोरी तस्करी गरेर दाल, तेल र चामल लगायतका सामान भित्रिरहेको छ भने यताबाट मटर र रक्सी चोरी निकासी भइरहेको छ ।

जिल्लाको केवटलिया नाकाबाट खाने तेल, चामल, जिउँदो कुखुरा, इनडक्सन चुल्होको तस्करी भइरहेको स्थानीय हरेराम मल्लाहले बताए । उनले भने, ‘पुलिस आउँदै आउँदैन, यहाँ जसले जे गरे पनि हुन्छ ।’

लकडाउनको अवधिमा पनि यहाँ खाद्यान्न र किराना पसलहरु खुलेका छन् । ती खुलेका पसलहरुले सामानको अभाव भएको भन्दै अधिक मूल्य लिने गरेको समेत गुनासो आइरहेको छ । बजारमा ग्यास सिलिन्डर पूरा पाउन छाडेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका प्रमुख सल्लाहकार समेत रहेका भरतबहादुर केसीले भने, ‘यतिबेला धमिलो पानीमा माछा मार्न खोज्नेहरु सक्रिय छन् । उनीहरुले कोरोनाको त्रासका बीच पनि कालोबजारी गर्न छाडेका छैनन् । स्थानीय तहका जनप्रतिनिधि र प्रशासनले तत्काल अनुगमन गर्नुपर्यो ।’

प्रहरी प्रशासनले लकडाउनको अवधिमा सीमावर्ती क्षेत्रमा सामान्य अवस्थामा भन्दा सुरक्षा तैनाथी बढाएको बताएको छ । मर्चवार क्षेत्रमा मर्चवार इप्रका, मझगावा इप्रकामा प्रहरी निरीक्षकको कमान्डमा प्रहरी तैनाथी छ ।

यसैगरी दुई मुहान, मजगाव, पुर्निकोटमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विओपी र बेस रहेको छ ।

प्रकाशित: Apr 17, 2020| 12:11 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।