मंगलबार, साउन १२, २०८३

बेलायतमा थप तीन साता लकडाउन

बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताएका छन्।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

लन्डन- बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताएका छन्।

प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरसको उपचारकै क्रममा रहेका कारण विदेशमन्त्री राबले बेलायत सरकारको निर्णय सार्वजनिक गरेका हुन्।

उनले भने, “वैज्ञानिक सल्लाहकार समूहले तत्काल लकडाउन हटाउँदा जनस्वास्थ्य र अर्थतन्त्र दुवैलाई नोक्सान पु–याउने सुझाव दिएको छ। यसैले कम्तिमा अर्को तीन सातासम्म हालको व्यवस्था यथावत रहनेछ।”

हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या एक लाख तीन हजार नाघेको छ भने झण्डै १४ हजारको ज्यान गएको छ।

प्रकाशित: Apr 17, 2020| 11:05 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।