बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवनमा दुई जनाको कोरोना रिपोर्ट पोजिटिभ, टेकुमा थप परीक्षण गरिँदै

चितवनमा दुई जनाको कोरोना रिपोर्ट पोजिटिभ, टेकुमा थप परीक्षण गरिँदै

भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

चितवन- भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

भरतपुरकै प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।

उनीहरुको स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ। उनीहरू राप्ती नगरपालिकाका बासिन्दा भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए।

बुधबार र्‍यापिड डायग्नोस्टिक टेस्टका क्रममा एक महिलाको शंकास्पद नतिजा आएको थियो। उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

उनीहरुमध्ये आमा र एउटा छोरामा कोरोना पोजिटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ। उनीहरु भरतपुर अस्पतालको आइसोलेसनमै छन्।

चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै नेपाल आएका हुन्। उनीहरूमा अहिलेसम्म कुनै लक्षण नदेखिएको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: Apr 17, 2020| 10:27 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।