बिहीबार, भदौ ४, २०८३

कोरोनाबाट एकै सातामा ५ पूर्व गोरखा सैनिकको मृत्यु

महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो एक साता पाँच जना पूर्व गोरखा सैनिकको मृत्यु भएको छ ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडौं- महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो एक साता बेलायतमा पाँच जना पूर्व गोरखा सैनिकको मृत्यु भएको छ ।

बिहीबार लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको क्रममा मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउने पूर्व गोरखा सैनिकको संख्या एक सातामै पाँच पुगेको हो ।

पाल्पा स्थायी घर भएका थापामगरलाई उपचारका लागि मंगलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो ।

पहिलेदेखि पिसाबथैलीको र उच्चरक्त चाप समस्याको नियमित औषधि खाँदै आइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।

यसअघि मंगलबार बेलायतको लण्डनमा कोरोना भाइरसको संक्रमणबाट अर्का एक भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको थियो । लण्डनको वेष्ट ड्राइटन्टमा बसोबास गर्ने ८२ वर्षीय हरिमान तामाङको स्थानीय हिलिङडन अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै सोमबार बेलायतको रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको कोरोनाबाटै मृत्यु भएको थियो ।

यस्तै कोरोना भाइरसका कारण बेलायतमा शनिबार पूर्व गोरखा सैनिक यामबहादुर मल्लको मृत्यु भएको थियो । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा मृत्यु भएका हो ।

यस्तै पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङ चैत २६ गते कोरोनाको संक्रमणकै कारण मृत्यु भएको थियो । लण्डनको नर्थवीक पार्क अस्पतालमा उनको मृत्यु भएको हो ।

प्रकाशित: Apr 17, 2020| 09:27 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।