बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा प्रत्येक दिन एक हजार कोरोना संक्रमित थपिँदै, ६ सहर 'रेड जोन' मा

भारतमा प्रत्येक दिन एक हजार कोरोना संक्रमित थपिँदै, ६ सहर 'रेड जोन' मा

कोरोना भाइरसको चपेटाबाट पिल्सिएको छिमेकी मुलुक भारतमा प्रत्येक दिन एक हजार बढि नयाँ संक्रमित थपिन थालेका छन् ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडौं- कोरोना भाइरसको चपेटाबाट पिल्सिएको छिमेकी मुलुक भारतमा प्रत्येक दिन एक हजार बढि नयाँ संक्रमित थपिन थालेका छन् ।

पछिल्लो चार दिनको तथ्यांक हेर्ने हो भने औसतमा हरेक दिन एक हजार बढि ब्यक्ति कोरोनाबाट संक्रमित भएको पाइएको छ ।

बैशाख १ गते अर्थात १३ अप्रिलमा १ हजार २ सय ४८ जना कोरोनाबाट संक्रमित भएका थिए । १४ अप्रिलमा १ हजार ३४, १५ अप्रिलमा ८ सय ८३ र १६ अप्रिल (बिहीबार) मा १ हजार ६० व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट १३ हजार ४ सय ३० जना संक्रमित भएका छन् भने ४ सय ४८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ६० जना संक्रमित हुँदा २६ जनाको मृत्यु भएको छ ।

कोरोनाको संक्रमण दर ह्वात्तै बढेपछि भारत सरकारले ठूला ६ सहरलाई कोरोना महामारीको ‘रेड जोन’ मा राखेको छ। राजधानी नयाँ दिल्ली, आर्थिक राजधानी मुम्बई, कलकत्ता, चेन्नई, बैङ्ग्लोर र हैदराबादलाई रेड जाेनमा सूचीकृत गरेकाे बीबीसीले लेखेको छ।

उद्योगधन्दाका लागि चिनिएका विभिन्न राज्यहरू यो वर्गमा परेका छन् । ती क्षेत्रहरूमा केन्द्रीय सरकारले राज्यहरूलाई परीक्षण र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिको अर्को सातासम्म पहिचान गर्न भनेको छ।

रेड जोनमा संक्रमित व्यक्तिको संख्या घटाएर क्रमशः ग्रीन जोन अर्थात् शून्य संक्रमण भएको क्षेत्र बनाउने उसको उद्देश्य छ।

अट्ठाइस दिनसम्म नयाँ संक्रमण नभेटिएका स्थानलाई ग्रीन जोनको मान्यता दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी १४ दिनमा संक्रमण भेटिएका स्थान अरिन्ज जोनमा पर्नेछन्।

प्रकाशित: Apr 17, 2020| 07:18 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।