शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना रोक्ने नाममा त्रास बढाएको भन्दै ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त

कोरोना रोक्ने नाममा त्रास बढाएको भन्दै ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त

कोरोना भाइरसको रोकथामको नाममा त्रास फैलाएको भन्दै ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडौं- कोरोना भाइरसको रोकथामको नाममा त्रास फैलाएको भन्दै ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् ।

National life

स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटाले एक टेलिभिजनमा दिएको अन्तरवार्तामा आफ्नो आलोचना गरेको र कोरोना रोक्ने नाममा त्रास फैलाएको भन्दै उनलाई राष्ट्रपति जायर बोलसोनारोले पदबाट हटाएका हुन् ।

टेलिभिजन अन्तरवार्तामा स्वास्थ्यमन्त्री हेनरिकले कोरोनासँगको युद्ध जित्ने एकमात्रै उपाय भनेको लकडाउन जारी राख्दै सामाजिक दुरी कायम राख्नु पर्नेमा जोड दिएका थिए । उनले सरकार एकजुट भएर यो संकट समाधान गर्नुपर्ने बताएका थिए । उनको यो अभिव्यक्तिलाई राष्ट्रपतिको आलोचना गरेको रुपमा अर्थाइएको छ ।

राष्ट्रपति जायर बोलसोनारोले कोरोना एक ‘सामान्य फ्लु’ जस्तै भएकाले आतिनु नपर्ने बताउँदै आएका थिए । उनले लकडाउन, सामाजिक दुरी लगायतका गतिविधिले जनतामा त्रास फैलिने भएकाले यी सब गर्न नहुनेमा जोड दिदै आएका थिए ।

यसविपरित स्वास्थ्यमन्त्रीले अभिब्यक्ति दिएपछि उनलाई पदबाट बर्खास्त गरिएको बीबीसीले उल्लेख गरेको छ । स्वास्थ्यमन्त्री हेनरिक आफैंले पदबाट बर्खास्त गरिएको ट्वीट गरेर जानकारी गराएका छन् । उनलाई पदबाट हटाइएसँगै घरभित्रै बसेका ब्राजिलका नागरिकले थाल थटाएर राष्ट्रपतिको विरोध गरेका छन् ।

Laxmi sunrise bank
kumari

ब्राजिलमा कोरोनाबा अहिलेसम्म ३० हजार ६ सय भन्दा बढि संक्रमित भएका छन् भने १ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Apr 17, 2020| 06:40 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।