बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा २३ सय ३८ जनाको कोरोना परीक्षण, एकजनामात्र शंकास्पद

कर्णालीमा २३ सय ३८ जनाको कोरोना परीक्षण, एकजनामात्र शंकास्पद

कर्णाली प्रदेशमा बिहीबारसम्ममा २ हजार ३ सय ३८ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिएको छ । १ सय ५२ स्वाव परीक्षण (पीसीआर) र २१ सय ८७ र्‍यापिड टेष्ट (आरडीटी) गरी कुल २ हजार ३ सय ३८ जनाको नमूना परीक्षण गरिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

कर्णाली प्रदेशमा बिहीबारसम्ममा २ हजार ३ सय ३८ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिएको छ । १ सय ५२ स्वाव परीक्षण (पीसीआर) र २१ सय ८७ र्‍यापिड टेष्ट (आरडीटी) गरी कुल २ हजार ३ सय ३८ जनाको नमूना परीक्षण गरिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जसमध्ये स्वाव परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ छ भने र्‍यापिड टेष्टमा भने मुगुको एक जनामा पोजेटिभ देखिएको छ ।

कछुवा गतिमा सुरु भएको पीसीआर मेसिनले दुई हप्तासम्म १ सय ५२ जनाको मात्रै स्वाव परीक्षण गरेको छ । तर र्‍यापिड टेष्ट भने केही हदसम्म सन्तोषजनक देखिएको छ ।

यद्यपी कर्णाली दश जिल्लामध्ये डोल्पामा भनेै र्‍यापिड टेष्ट सुरु हुन सकेको छैन । बाँकी नौं जिल्लामामध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात ९ सय १३, सल्यानमा २ सय ८५, रुकुमपश्चिममा २ सय ४८, मुगुमा ८३, कालिकोटमा १ सय ५२, जुम्लामा १ सय ११, जाजरकोटमा १ सय २२, हुम्लामा ६८ र दैलेखमा २ सय ५ जना गरी कुल २१ सय ८७ जनाको र्‍यापिड टेष्ट गरिएको हो ।

सुर्खेतमा पीसीआर मेसिनको क्षमता न्यून हुँदा कर्णालीका ५ सय ८६ जनाको काठमाडौ र ९९ जनाकोे कैलालीमा स्वाव परीक्षण गरिएको छ । कैलालीमा परीक्षण गरिएका दुई वटा नमूना आशंका देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं प्रयोगशाला पठाइएको छ ।

सुर्खेतमा प्रयोगशाला स्थापन हुनुअघि कर्णालीका ३१ जनाको स्वाव परीक्षण गरिएको थियो । हालसम्म कैलाली, काठमाडौं र सुर्खेतमा गरी कर्णालीका ८ सय ६८ जनाको स्वाव परीक्षण गर्दा २१ सय ८७ र्‍यापिड टेष्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

प्रकाशित: Apr 17, 2020| 06:39 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।