बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट २४ घण्टामा कुन देशमा कति संक्रमित ? कतिको मृत्यु ?

कोरोनाबाट २४ घण्टामा कुन देशमा कति संक्रमित ? कतिको मृत्यु ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ९२ हजार ५ सय ७३ नयाँ संक्रमित थपिएका छन् । बिहीबार मात्रै कोरोनाबाट ६ हजार ९ सय ३६ जनाको मृत्यु भएको छ ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ९२ हजार ५ सय ७३ नयाँ संक्रमित थपिएका छन् । बिहीबार मात्रै कोरोनाबाट ६ हजार ९ सय ३६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा २९ हजार ५३ नयाँ संक्रमित भेटिएका छन् भने २ हजार १ सय ३७ जनाको मृत्यु भएको छ । स्पेनमा ४ हजार २ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् भने ५ सय ३ जनाको मृत्यु भएको छ।

इटालीमा बिहीबार मात्रै ३ हजार ७ सय ८६ जना संक्रमित भेटिएका छन् भने ५ सय २५ जनाको मृत्यु भएको छ । यस्तै फ्रान्समा १७ हजार १ सय ६४ जना संक्रमित थपिएका छन् भने ७ सय ५३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा जर्मनीमा २ हजार ९ सय ४५ जना संक्रमित थपिदा २ सय ४८ जनाको मृत्यु भएको छ । बेलायतमा ४ हजार ६ सय १६ जना नयाँ संक्रमित भेटिएका छन् भने ८ सय ६१ जनाको मृत्यु भएको छ ।

इरानमा बिहीबार मात्रै १ हजार ६ सय ६ जना संक्रमित फेला परेका छन् भने ९२ जनाको मृत्यु भएको छ । यस्तै टर्कीमा ४ हजार ८ सय १ जना संक्रमित थपिएका छन् भने १ सय २५ जनाको मृत्यु भएको छ ।

बेल्जियममा १ हजार २ सय ३६ संक्रमित थपिदा ४ सय १७ जनाको मृत्यु भएको छ । ब्राजिलमा २ हजार ७३ संक्रमित फेला पर्दा १ सय ९० जनाको मृत्यु भएको छ।

२ सय १० देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म करिब २१ लाख ८० हजार संक्रमित भएका छन् भने १ लाख ४५ हजार ४ सय १० जनाको मृत्यु भएको छ ।

प्रकाशित: Apr 17, 2020| 05:56 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।