बुधबार, चैत ११, २०८२

प्रदेश–१ः परीक्षण गरिएका ८२६ जनाकै रिपोर्ट नेगेटिभ

झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरूषको पनि कोशी अञ्चल अस्पताल विराटनगरमा पीसीआरमा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

प्रदेश–१ मा बिहीबारसम्म गरिएको ८२६ जनाको ¥यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) मध्ये एकजनाको रिपोर्ट मात्रै पोजेटिभ आएको थियो।

National life

झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरूषको पनि कोशी अञ्चल अस्पताल विराटनगरमा पीसीआरमा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ।

ल्याबमा गरिने परीक्षण (पीसीआर) मा बुधबारसम्म जम्मा ३४१ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये ६५ महिला र २७६ पुरुष छन्।

जसमध्ये ४९ महिला र २४३ पुरूषको रिपोर्ट नेगेटिभ आएको प्रदेश–१ को कोरोना सूचना डेस्कले जनाएको छ। परीक्षण गरिएका ५८ जनाको रिपोर्ट आउन बाँकी छ।

प्रकाशित: Apr 16, 2020| 21:40 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्