शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कञ्जनजंघा शिखरमा पहिलो पाइला राख्ने आरोही जोइ ब्राउनको निधन

कञ्जनजंघा शिखरमा पहिलो पाइला राख्ने आरोही जोइ ब्राउनको निधन

कञ्चनजंघा शिखरमा पहिलो पाइला राख्ने आरोही जोइ ब्राउनको ८९ वर्षको उमेरमा निधन भएको छ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

कञ्चनजंघा शिखरमा पहिलो पाइला राख्ने आरोही जोइ ब्राउनको ८९ वर्षको उमेरमा निधन भएको छ।

National life

जोइ बिदेन सपकी सञ्चालिका क्याथी क्यासीले इमेलमार्फत् नेपाल समयलाई बेलायतको वेल्स राज्यको लियानबेरिज गाउँमा जोइको निधन भएको जानकारी गराएकी हुन्।

११ जेठ २०१२ मा विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघाको सफल आरोहण भएको थियो।

बेलायती आरोही चाल्स इभान नेतृत्वको आरोहण दलबाट पहिलो पटक शिखरमा पुग्ने दुई व्यक्ति थिए– जर्ज ब्यान्ड र जोइ ब्राउन। जर्जको सन् २०११ अगस्ट २६ मा निधन भइसकेको छ।

यूके क्लाइम्बिङ डटकमले उनी प्रसिद्ध रक क्लाइम्बर र हिमाल आरोही भएको बताएको छ।

Laxmi sunrise bank
kumari

सन् १९३० मा इङल्यान्डको मेन्चेस्टरमा संयुक्त परिवारमा जन्मेका ब्राउन परिवारका सातौं तथा अन्तिम सन्तान हुन्।

उनको सन १९६७ मा ‘द हार्ड इयर्स’ पुस्तकसमेत प्रकाशन भएको छ।

उनले मेम्बर अफ द अर्डर अफ द ब्रिटिस अम्पायर तथा कमान्डर अफ द अर्डर अफ द ब्रिटिस अप्पायर जस्ता बेलायतका उच्च सम्मानसमेत पाएका छन्।

हिमाल आरोहणको कक्षा सञ्चालन गर्ने नेपाल माउन्टेनियरिङ एकेडेमीका प्रशिक्षक तथा आरोही छिरिङ जाङ्बु शेर्पाले ब्राउनको निधनले पर्वतारोहणको क्षेत्रले ठूलो क्षति व्यहोरेको बताए। हिमाल आरोहणलाई सुरक्षित बनाउने विषयमा उनको ठूलो योगदान रहेको शेर्पाको भनाइ छ।

प्रकाशित: Apr 16, 2020| 21:22 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।