बिहीबार, भदौ ४, २०८३

नागरिकलाई बिचल्लीमा नपार : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न गरिएको ‘लकडाउन’का कारण कतिपय नागरिक बिचल्लीमा परेको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न गरिएको ‘लकडाउन’का कारण कतिपय नागरिक बिचल्लीमा परेको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउन लामो समय भएका कारण सीमित खर्चबाट जीविका गर्दै आएका मानिस घर जाने क्रममा अलपत्र परेका अनुगमनबाट पाइएको जनाएको छ।

“सीमित खर्च लिएर घर छाडी हिँडेका नागरिकलाई स्थानीय तहबाट राहत वितरणसमेत हुन नसक्दा बिरामी, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलासहित श्रमिक ठूलो संख्यमा राजमार्गमा लामो पैदलयात्रा तय गरी दुःख हैरानीका साथ आफ्नो गन्तव्यतर्फ असुरक्षित रुपमा हिँडिरहेका पाइएको छ”, आयोगको विज्ञप्तिमा भनिएको छ, “काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, धादिङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलालीलगायत कतिपय जिल्लामा सीमा नाकामा कडाइ भई दैनिक हजारौं नागरिक बिचल्लीमा परेको पाइएको छ ।”

काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरी क्षेत्रमा रोजगारीका लागि आएका असङ्गठित रुपमा दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, स्वास्थ्य उपचारका लागि हिँडेका बिरामी, घर बहालमा बस्ने सीमान्तकृत वर्गका समुदाय थातथलो फर्कने क्रममा बाटोमा अलपत्र परेको अनुगमनबाट देखिएको हो।

खाद्य अधिकार व्यक्तिको आधारभूत मानव अधिकारका साथै जीवनको अधिकारसँग समेत अन्योन्याश्रित हुने भएकाले नेपालको संविधानले व्यक्तिको बाँच्न पाउने अधिकारको सम्मान, संरक्षण र सुरक्षा गर्न आयोग तीनै तहका सरकारसँग आग्रह गरेको छ।

कोरोना भाइरसका कारण उत्पन्न वर्तमान परिस्थिति र सङ्कटको अवस्थामा सरकारद्वारा घोषित लकडाउनको पूर्ण पालना गर्न/गराउन तथा आफ्नो अधिकारको प्रयोग गर्दा प्रत्येकले आफ्नो कर्तव्य र दायित्वसमेतको पालना गर्न आयोगले सबै पक्षलाई आग्रह गरेको छ ।

 

प्रकाशित: Apr 16, 2020| 18:52 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।