सल्यान– विभिन्न मुलुकबाट सल्यान भित्रिएका ४३ जनाको कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको छ।
भारतलगायत तेस्रो मुलुकबाट १ चैतपछि आएका व्यक्तिको स्वाब संकलन गरी कोभिड–१९ परीक्षणका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो।
जिल्ला अस्पताल सल्यानमा स्वाब संकलन गरी पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढाले जानकारी दिए।
उनीहरूलाई सदमुकाम खलंगाको क्यारेन्टाइनमा राखिएको थियो। थप स्वाब संकलन गरी परीक्षणका लागि पठाउने तयारी गरिएको जिल्ला अस्पतालले जनाएको छ।