बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेविसंघ स्थापना दिवस : भाडामा बस्ने विद्यार्थीलाई सहयोग गरेर मनाइँदै

नेविसंघ स्थापना दिवस : भाडामा बस्ने विद्यार्थीलाई सहयोग गरेर मनाइँदै

नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवस अध्ययनका लागि डेरामा बसेका विद्यार्थीलाई सहयोग गरेर मनाइने भएको छ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

काठमाडौं- नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवस अध्ययनका लागि डेरामा बसेका विद्यार्थीलाई सहयोग गरेर मनाइने भएको छ।

वैशाख ६ गते नेविसंघ स्थापना भएको ५० वर्ष पूरा गरी ५१ वर्षमा पुग्दै छ। कोरोना भाइरस संक्रमण जोखिमका कारण डेरामा रहेका विद्यार्थी समस्यामा रहेको भन्दै नेविसंघले यस वर्ष ती विद्यार्थीलाई सहयोग गरेर स्थापना दिवस मनाउन लागेको संघका महामन्त्री बलदेव तिमल्सिनाले बताए।

संघले सामाजिक सञ्जालमार्फत कोरोनाविरुद्ध जनचेतना फैलाउने, रक्तदान गर्ने र संघका नेता, कार्यकर्ता, मातहतका निकाय तथा मातृ पार्टीसँग भिडियो कन्फ्रेन्स गर्न अध्यक्ष राजीव ढुंगानाले परिपत्र गरेका छन्। 

रक्तदान, राहत वितरण, सचेतना अभियानलगायतका कार्यक्रम स्थानीय प्रशासनसँग समन्वय गरी सामाजिक दुरी कायम गरेर आयोजना गर्न संघले निर्देशन दिएको छ।

प्रकाशित: Apr 16, 2020| 18:33 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।