बिहीबार, भदौ ४, २०८३

लकडाउनको बेला शिकार खेल्ने हतियारसहित पक्राउ

भैरहवा– लकडाउनको बेला हतियारसहित जंगलमा शिकार खेल्न पुगेका कपिलवस्तुमा पक्राउ परेका छन् ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

भैरहवा– लकडाउनको बेला हतियारसहित जंगलमा शिकार खेल्न पुगेका कपिलवस्तुमा पक्राउ परेका छन् ।

बुधबार साँझ हतियारसहित कपिलवस्तुको तिलौराकोट साझेदारी वन र बाणगंगा नगरपालिका वडा नं. १० वनकट्टीको जंगलमा शिकार खेल्न पुगेका ६ जना पक्राउ परेका हुन् ।

तिलौराकोटबाट दुई जना र वाणगंगाबाट ४ जना हतियार सहित पक्राउ परेको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख इश्वरी पौडेलले जानकारी दिए ।

पक्राउ पर्नेमा रुपन्देही जिल्ला कंचन गाउँपालिका वडा नं. ५ भैसाहिका ६९ वर्षीय बान्छु थारु, ५० वर्षीय सुकइ थारु, २८ वर्षीय प्रभु थारु र ३० वर्षीय राजकुमार थारु रहेका छन् ।

उनीहरुलाई बनकट्टी जंगलबाट पक्राउ गरिएको हो । यसैगरी तिलौराकोट साझेदारी वनबाट कपिलवस्तु नगरपालिका वडा नं ९ बस्ने वर्ष ५१ का मनिराम थारु र वर्ष ४५ का त्रीलोकी केवट पक्राउ परेका हुन ।

उनीहरुको साथबाट भरुवा वन्दुक १ , चक्कु १ र वन्दुकमा प्रयोग हुने सामान, ११ थान जंगली जनावरलाई पासो थाप्ने जाल सहित बनको गस्ती टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका ६ जना उपर राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्य जन्तु सिकार सम्वन्धी मुद्दा चलाइने र सोही ऐनअनुसार कारवाही प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित: Apr 16, 2020| 17:55 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।