बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाग्लुङकी ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ

बाग्लुङकी ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ

कोभिड–१९ संक्रमण भएर अस्पतालको आइसोलेसनमा बसिरहेकी बाग्लुङकी ६५ वर्षीया महिलाको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

काठमाडौं– कोभिड–१९ संक्रमण भएर अस्पतालको आइसोलेसनमा बसिरहेकी बाग्लुङकी ६५ वर्षीया महिलाको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा बसिरहेकी अर्की १९ वर्षीया युवतीको भने तेस्रो रिपोर्ट पनि पोजिटिभ आएको छ। उनको स्वास्थ्य अवस्था सामान्य छ।

युवती १५ चैत र महिला १९ चैतदेखि आइसोलसनमा बसिरहेका छन्। दुवैजना बेल्जियम, कतार हुँदै ४ चैतमा नेपाल आएका थिए।

अर्को परीक्षणका लागि आजै उनको स्वाब पोखरा पठाउने तयारी गरिएको छ। निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार अर्को रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गरिने छ।

उनी भन्छन्, “लगातार दुईवटा रिपोर्ट नेगेटिभ आए निको भएको मानिन्छ।”

नेपालमा भएका १६ जना संक्रमित मध्ये एक जना निको भएर घर फर्किसकेका छन्।

 

* यसअघि तेस्रो रिपोर्ट हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ।

 

प्रकाशित: Apr 16, 2020| 17:53 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।