बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पसल खोल्दा ‘लकडाउन’ उल्लंघन भएपछि प्रशासनले सच्यायो निर्णय

पसल खोल्दा ‘लकडाउन’ उल्लंघन भएपछि प्रशासनले सच्यायो निर्णय

जिल्ला विपद् व्यवस्थापन समिति, धनुषाले लकडाउनमा पसल सञ्चालन गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले सच्याएको छ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

जनकपुरधाम– जिल्ला विपद् व्यवस्थापन समिति, धनुषाले लकडाउनमा पसल सञ्चालन गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले सच्याएको छ।

पसल सञ्चालन गरिँदा ‘लकडाउन’ उल्लंघन भएको भन्दै प्रशासनले निर्णय सच्याएको हो।

प्रशासनले बिहीबार लकडाउन कडाइका साथ पालना गर्न गराउन निर्देशन दिएको छ। प्रशासनले बिहीबार जारी गरेको निर्देशनमा औषधि तथा स्वास्थ्य उपकरण, खाद्य वस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखाना सञ्चालनमा रोक लगाइएको छ।

यसअघि मंगलबार बसेको समितिको बैठकले बिहान ५ बजेदेखि अपरान्ह ४ बजेसम्म दैनिक उपयोग्य वस्तु, औषधि, दुध, पानी, इन्धनलगायतका पसल सञ्चालन गर्ने निर्णय गरेको थियो।

जसका कारण बुधबार जनकपुरमा सर्वसाधारणको आवतजावतसँगै सवारी साधन पनि निर्वाध रूपमा गुडेका थिए। बिहीबार बिहान जानकी मन्दिर वरिपरि तरकारी किन्नेकाे घुइँचाे लागेकाे थियाे।  

पसल सञ्चालन गरिँदा भिडभाड बढेको भन्दै उक्त निर्णयकाे स्थानीयले विरोधसमेत जनाएका थिए।

यसअघि समितिले खाद्यान्न पसल बिहान ५ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरे पनि प्रशासनको पछिल्लो निर्देशनमा यसबारे केही उल्लेख गरिएको छैन।

प्रशासनले व्यवसायीलाई औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्नुका साथै कालोबजारी गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्रशासनले औषधि उपचार, खाद्यय वस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिगत काममा बाहिर ननिस्कन निर्देशन जारी गरेको छ।

यसैगरी जथाभावी हिँड्ने सवारी साधनमाथि पनि रोक लगाइएको छ।

अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

‘लकडाउन’ अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउनेलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।

प्रकाशित: Apr 16, 2020| 17:09 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।