बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभर साढे १९ हजारको कोरोना भाइरस परीक्षण, २४७ जना 'रेड जोन' मा

देशभर साढे १९ हजारको कोरोना भाइरस परीक्षण, २४७ जना 'रेड जोन' मा

नेपालमा अहिलेसम्म १९ हजारभन्दा बढी व्यक्तिहरुमा कोरोना भाइरसको परीक्षण गरिएको छ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

नेपालमा अहिलेसम्म १९ हजारभन्दा बढी व्यक्तिहरुमा कोरोना भाइरसको परीक्षण गरिएको छ।

नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट अहिलेसम्म १९ हजार ४ सय ३२ जनाको परीक्षण गरिएको जानकारी दिए।

परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्र संक्रमण देखिएको छ। अहिले पीसीआरबाट देशभरिमा १३ वटा ठाउँमा र ६९ जिल्लामा आरडीटी माध्यमबाट परीक्षण भइरहेको छ। पीसीआरबाट ७ हजार २ सय ४० आरडीटीबाट १२ हजार १ सय ९२ जनाको परीक्षण गरिएको छ ।

आजैमात्र पीसीआरबाट ३ सय ६९ र आरडीटीबाट ३ हजार २ सय ६३ जनाको परीक्षण गरिएको छ।

अहिलेसम्म आइसोलेसनमा १ सय ३ जना रहेका छन्। तीमध्ये ८ जना काठमाडौँ र ९५ जना उपत्यका बाहिर छन्। मोबाइल एपमा स्व­परीक्षण गरिएकामध्ये अहिलेसम्म २ सय ४७ जना ‘रेड जोन’मा रहेका छन्।

यसैगरी प्रवक्ता डा. देवकोटाले आज वीरगञ्जको छप्कैयामा ४ सय जनाको र्‍यापिड टेस्ट गरिएको र सबैको नतिजा नेगेटिभ आएको जानकारी दिए ।

प्रकाशित: Apr 16, 2020| 17:01 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।