मंगलबार, असार ३०, २०८३

मैदानमा फर्किनेछ फुटबल, तर कहिले ?

गत हप्तामात्र जर्मन क्लब बायर्न म्युनिखले प्रशिक्षण सुरु गरेपछि फुटबल मैदानमा फर्किन सक्ने सबैले अनुमान गरेका थिए। उसले मे मा लिग फर्कन सक्ने भन्दै प्रशिक्षण सुरु गरेको थियो।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

युरोपका शीर्ष लिगहरुले फुटबल मैदानमा फर्किने मितिबारे अन्योल कायमै रहेको बताएका छन्। फुटबल मैदानमा अवश्य नै फकिन्छ तर कुन मितिमा भन्न सकिने अवस्था नरहेको युरोपियन लिगहरुको बुझाइ छ।

युरोपियन लिगका उपमहासचिव अबर्टो कोलम्बोले भने, ‘कोरोनाका कारण फुटबलको स्थगन एक ठूलो संकट हो। प्रिमियर लिग, इंग्लिस फुटबल लिगजस्ता फुटबल एसोसिएसनका धेरैजसो सदस्यहरुले फुटबल मैदानमा छिटै फर्कने बताएका छन्। केही साना देश जस्तै बेल्जियमले भने आफ्नो देशको शीर्ष लिग रद्द गरेका छन्। र विजेतासमेत घोषणा गरिसकेका छन्।’

कोभिड–१९ का कारण युरोपका सबै शीर्ष लिगहरु स्थगित भएका छन्। यता प्रिमियर लिगका क्लबहरुले भोलि शुक्रबार अहिलेको अवस्थाबारे बैठक गरेर छलफल गर्ने बताएका छन्। तर ९ चरणका खेल बाँकी रहेको इंग्लिस फुटबल छिटै सुरु हुनेमा कसैले विश्वास गर्न सकेका छैनन्।

गत हप्तामात्र जर्मन क्लब बायर्न म्युनिखले प्रशिक्षण सुरु गरेपछि फुटबल मैदानमा फर्किन सक्ने सबैले अनुमान गरेका थिए। उसले मे मा लिग फर्कन सक्ने भन्दै प्रशिक्षण सुरु गरेको थियो।

यसबारे कोलम्बोले भने, ‘हामीले समरमा फुटबल गराउन सक्ने अवस्था आएपछि मात्र फुटबलका कामहरु सुचारु गर्नुपर्छ। फुटबल पुनः सुरु हुनेमा शंकै छैन। तर प्रशिक्षणसँगै आफ्ना मेडिकल प्रोटोकलहरुमा पनि ध्यान दिनुपर्छ। हामीलाई थाहा छ, विश्वका धेरै देशका सरकारहरुले खेललाई माथि उठाउनका लागि धेरै काम गरिरहेका छन्।’

खेलाडी संक्रमित छन् वा छैनन् भनेर जान्नका लागि जर्मनीले डाइगोनोस्टिक र स्वाब टेस्टको व्यवस्था गर्ने भएको छ। त्यस्तै इटालीको खेलाडी संघले पनि मे मा खेलाडीको टेस्टको व्यवस्था गर्नुपर्ने बताएको छ। उसले लिग पुनः सुरु हुनुपूर्व नै यो काम गर्ने सुझाएको छ।

‘खेलाडीको स्वास्थ्य सबैभन्दा महत्वपूर्र्ण कुरा हो। त्यस्तै प्रशिक्षक, अफिसियल र खेलसँग जोडिएका अन्यको स्वास्थ्य पनि गम्भिरताका साथ हेरिनुपर्छ। प्रतियोगितामा सबै जोडिन सकुन् भन्ने सिद्धान्त नै यी सबै कुराको व्यवस्था गर्नुपर्ने एकमात्र कारण हो,’ कोलम्बोले भनेका छन्।

बीबीसी

प्रकाशित: Apr 16, 2020| 16:25 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।