बिहीबार, भदौ ४, २०८३

इटहरी उपमहानगरका वडाध्यक्षको निधन

इटहरी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष विष्णु चौधरीको निधन भएको छ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

इटहरी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष विष्णु चौधरीको निधन भएको छ।

नेपाली कांग्रैस सुनसरी क्षेत्र नम्बर २ का प्रभावशाली नेता समेत रहेका अध्यक्षको बुधबार राति मृत्यु भएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन्।

गौतमका अनुसार अध्यक्ष चौधरी विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए र औसधि सेवन गरिरहेका थिए।

५५ वर्षको उमेरमा निधन भएका अध्यक्ष चौधरीको आजै इटहरीको बूढीगंगा घाटमा अन्त्येष्टि गरिएको छ।

यसअघि लकडाउनकै समयमा वडा नम्बर १० की सदस्य ६६ वर्षिया दुलया ऋषिदेवको चैत १६ गते निधन भएको थियो।

आजै इटहरी उपमहानगरले दुई जनप्रतिनिधिको मृत्युमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय झन्डा झुकाएर उपमहानगर मातहतका सबै कार्यालय बन्द गराएको मेयर द्वारिकलाल चौधरीले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।

प्रकाशित: Apr 16, 2020| 15:56 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।