बिहीबार, भदौ ४, २०८३

कहाँ हुँदैछ नेपालका कोरोना संक्रमितको उपचार?

नेपालमा देशका पाँच अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरस रोग (कोभिड–१९)को संक्रमण १६ जनामा पुष्टि भएको छ। तीमध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

बाँकी १५ जनाको देशका पाँच अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सबैभन्दा बढी ५ जना उपचाररत छन्।

यस्तै, पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा चार, बाग्लुङको धौलिगिरी अञ्चल अस्पताल, काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र ललितपुरको पाटन अस्पतालमा दुई–दुई जनाको उपचार भइरहेको छ।

यी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

मन्त्रालयका अनुसार देशभर बुधबार बेलुकासम्म ६ हजार आठ सय ७१ जनाको पीसीआर टेस्ट (स्वाब परीक्षण) र आठ हजार ९ सय २९ को आरडीटी टेस्ट (द्रूत परीक्षण) गरिएको छ।

अहिले सातै प्रदेशका १३ ठाउँमा कोरोना भाइरस रोगको परीक्षण भइरहेको छ।

प्रकाशित: Apr 16, 2020| 15:42 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।