शनिबार, फागुन ३०, २०८२

कोरोनाबाट भारतमा ४१४ को मृत्यु, १२३८० संक्रमित

भारतमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। विगत २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन्।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

नयाँदिल्ली - भारतमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। विगत २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन्।

National life

भारतमा संक्रमितहरुको संख्या १२ हजार ३८० जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ४८९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन्। हाल यहाँ १० हजार ४७७ कोरोनाका संक्रमित उपचाररत छन्।

२४ घन्टा यता मृत्यु हुनेको संख्या ३७ छ। योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४१४ पुगेको छ।

पछिल्ला केही दिनमा कोविड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ। भारतमा सुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन्। महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ९१६ जना पुगेको छ।

यसैबीच महाराष्ट्रमा २९५ जना निको भएर घर फर्किएका बताइएको छ। महाराष्ट्र हालसम्म कोरोना भाइरस संक्रमणबाट १८७ जनाको मृत्यु भइसकेको छ।
महाराष्ट्रपछि सबैभन्दा बढी विरामी संक्रमित नयाँ दिल्लीमा छन्। नयाँ दिल्लीमा मात्र यसका १ हजार ५७८ जना संक्रमित रहेका छन्। नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ।

Laxmi sunrise bank
kumari

यस प्रकोपको प्रभावित भारतीय राज्य तमिलनाडु तेस्रो स्थानमा रहेको छ। तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या बिहीबार १ हजार २४२ जना पुगेको छ। यी संक्रमित मध्ये ११८ जना भने उपचारपछि घर फर्किएका छन्। तमिलनाडूमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Apr 16, 2020| 15:32 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।