बुधबार, चैत ११, २०८२

‘प्रधानमन्त्रीज्यू ! आयुर्वेदिक विशेषज्ञलाई भूमिका दिनुहोस्’

हाम्रै देशका केही दक्ष आयुर्वेदाचार्य, विशेषज्ञले जिम्मेवारी पाए र उनीहरुको प्रयासबाट एउटा सफल उपचार पद्धतिको विकास हुन सके ऐतिहासिक उपलब्धि हुनेछ। नेपाल र नेपालीका लागि त त्यो उपलब्धि लाभदायक हुनेछ नै, विश्व समुदायले पनि त्यसलाई अंगाल्नेछ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

सम्माननीय प्रधानमन्त्रीज्यू,

National life

नेपाल सरकार, सिंहदरबार काठमाडौं
विषयः कोरोना भाइरसविरुद्ध राष्ट्रका आयुर्वेदिक र होमियोप्याथिक विशेषज्ञको भूमिका खोज्न सुझाव / अनुरोध

प्रधानमन्त्रीज्यू,

सर्वप्रथम त नयाँ वर्ष २०७७ सालको शुभकामना। निकै प्रतिकूल अवस्थामा हाम्रो नयाँ साल आरम्भ भएको छ। यहाँ पनि भर्खरैमात्र मिर्गौलाको दोस्रो पटकको सफल प्रत्यारोपणपश्चात् स्वास्थ्य लाभ गरिरहनु भएको छ।

आफ्नो संवेदनशील स्वास्थ्य अवस्थाको बाबजुद यो विपतको बेलामा कार्यभार सम्हाल्नुभएकोमा धन्यवाद दिन चाहन्छु।

Laxmi sunrise bank
kumari

विश्वभर नै फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको निर्णय सराहनीय छ र यो प्रभावकारी पनि भएको देखिन्छ।

अहिले हामी चौथो हप्ताको लकडाउनको सामना गरिरहेका छौं। छिमेक भारत र कोरोना संक्रमण फैलिएका अन्य राष्ट्रको अवस्था हेर्ने हो भने लकडाउन अझै लम्बिने आँकलन गर्न सकिन्छ।

कोरोना विरुद्ध संसार नै लडिरहेको छ। अहिलेसम्म न यसको कुनै औषधि पत्ता लागेको छ न त खोपको नै विकास भएको छ। यस्तो अवस्थामा कुनै देशले कोरोनाको औषधि वा खोप विकास गर्ला र हामीलाई देला भनेर आशा गर्न सकिन्न। यस महामारीबाट युरोपियन मुलुक तथा अमेरिका नै बढी प्रताडित भएका कारण नेपालजस्ता विकासोन्मुख देश प्राथमिकतामा नपर्ने निश्चित छ।

तसर्थ, यस महामारीको निदानका लागि विश्वमा एलोप्याथिक औषधि वा खोप आविष्कारको प्रयास भइरहँदा हामीले पनि नेपालकै दक्ष आयुर्वेदिक र होमियोप्याथिक विशेषज्ञहरुको एउटा टिम बनाएर उनीहरुलाई यस रोगको औषधि अन्वेषणको जिम्मेवारी दिन प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु। यसको अग्रसरता प्रधानमन्त्री कार्यालयले लिओस् भन्ने पनि मेरो सुझाव रहेको छ।

जर्मनी र भारतमा पनि आयुर्वेदिक र होमियोप्याथिक डाक्टरहरुले सफलता हात पारेको समाचार आइरहेका छन्।

एलोप्याथीको क्षेत्रमा काम गर्ने ठूलाठूला कम्पनी र यसको अरबौं–खरबौंको व्यापारका कारण आयुर्वेदिक औषधि–उपचार ओझेलमा पारिनु स्वाभाविक हो। तर, आयुर्वेदको उत्पत्ति भएको हाम्रो देश नेपालले यस विधामा विश्वास राख्नु सान्दर्भिक हुन जान्छ। जडिबुटीको भण्डार नेपाल यसमा आत्मनिर्भर पनि हुनसक्छ।

हाम्रो देशमा पनि अन्तर्राष्ट्रिय स्तरका आयुर्वेदिक चिकित्सक, विशेषज्ञ, ज्ञाता, अध्येताहरु छन्। आयुर्वेद विभाग छ, सिंहदरबार वैद्यखानाले प्रभावकारी आयुर्वेदिक उत्पादन गर्दै आएको छ। त्रिभुवन विश्वविद्यालयमा आयुर्वेद संकाय छ। नरदेवी आयुर्वेदक अस्पतालले आम नेपालीहरुलाई सेवा दिइरहेको छ। रामदेवले विकास गरेको पतञ्जली पनि यहाँ क्रियाशिल छ।

तसर्थ प्रधानमन्त्रीज्यू, यहाँको कार्यालयको नेतृत्वमा हाम्रै देशका केही दक्ष आयुर्वेदाचार्य, विशेषज्ञले जिम्मेवारी पाए र उनीहरुको प्रयासबाट एउटा सफल उपचार पद्धतिको विकास हुन सके ऐतिहासिक उपलब्धि हुनेछ। नेपाल र नेपालीका लागि त त्यो उपलब्धि लाभदायक हुनेछ नै, विश्व समुदायले पनि त्यसलाई अंगाल्नेछ।

यही आशाका साथ एउटा नेपाली नागरिकको नाताले म अनुरोध गरिरहेको छु। आशा छ, विश्व समुदायलाई आइपरेको संकटमा नेपालको पनि एउटा सकारात्मक अग्रसरता र भूमिकाका लागि यहाँको कार्यालयले ठोस कदम चाल्नेछ।

भवदीय
सन्तोष साह
बरहथवा, सर्लाही
प्रदेश नं. २, नेपाल

प्रकाशित: Apr 16, 2020| 13:56 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्