भैरहवा- लकडाउन उल्लंघन गरेर सडकमा डुलि हिड्नेहरुमाथि सशस्त्र प्रहरीले नयाँ ढंगको कारबाही सुरु गरेको छ ।
बिहीबारबाट लकडआउन उल्लंघन गरेर जथाभावि हिडे्नेलाई सशस्त्र प्रहरीले सडकमा पुसअप गराउन सुरु गरेको हो ।
बिहीबार घरबाहिर जथाभावी हिड्ने ५० जना युवालाई सडकमै पुसअप गराएर कारबाही गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ३८ गुल्म ( राजस्व तथा भन्सार गस्ती सुरक्षा) रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक मान बहादुर शाहीले बताए ।
उनका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बाइसास रोडमा ५० जना युवाहरु समूह बनाएर मर्निङवाकमा निस्किएका थिए ।
उनीहरुलाई पक्राउ गरेर सडकमै पुसअप गराइएको हो । पुुसअपपछि अब घरबाट बाहिर ननिस्कने शर्तमा सम्झाइ बुझाइ घर पठाएको उनले बताए।
हेर्नुहोस् भिडियो