शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारत : १७० जिल्ला 'रेड जोन' घोषित, घरघरमै पुगेर काेराेना परीक्षण

भारत : १७० जिल्ला 'रेड जोन' घोषित, घरघरमै पुगेर काेराेना परीक्षण

कोरोनाबाट अति प्रभावित भारतका १७० जिल्लालाई रेड जोन घोषणा गरिएको छ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

नयाँदिल्ली- कोरोनाबाट अति प्रभावित भारतका १७० जिल्लालाई रेड जोन घोषणा गरिएको छ। यिनमा नयाँदिल्ली, मुम्बई, बैंग्लोर, चेन्नाई, कोलकाता र हैदराबादजस्ता छ वटा मेट्रो सिटी पनि परेका छन्। रेड जाेनमा परेका जिल्ला र सहरमा भाइरस परीक्षण तीव्र पारिएकाे छ।

National life

विहार, चण्डीगढ, छत्तीसगढ, ओडिसा र उत्तराखण्डका एक एक, कर्नाटकका तीन, पश्चिम बंगाल र हरियाणाका चार-चार, गुजरात र मध्य प्रदेशका पाँच-पाँच, जुम्मू कश्मीर र केरलका ६-६ तेलांगनाका ८, दिल्ली र उत्तर प्रदेशका ९-९ महाराष्ट्र, आन्ध्र प्रदेश र राजस्थानका ११ र तामिलनाडुका २२ जिल्ला रेड जोनमा परेका छन्। थप २०७ जिल्लालाई पनि रेड जोनमा राख्ने तयारी भारत सरकारले गरेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार परीक्षण गरिएमा ८० प्रतिशतभन्दा बढीलाई कोरोना संक्रमित भएको फेला परेका सहर र जिल्लालाई रेड जोनमा राखिएको हो। यस्तै चार दिनको बीचमा संक्रमण दर दोब्बर रहेका जिल्लालाई रेड जोनमा राखिएको छ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका सचिव लव अग्रवालले बुधबार नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस संक्रमण जोखिम कम गर्न यस्तो रणनीति अपनाएको बताए।

उनले रेड जोन घोषित जिल्लाका घरघरमा पुगेर परीक्षण तीव्र पारिने बताए। भारतमा आगामी मे ३ सम्मका लागि लकडाउन घोषणा गरिसकिएको छ।

Laxmi sunrise bank
kumari

भारतमा बुधबारसम्म कोरोना भाइरसबाट ३९२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ११ हजार नाघेको छ। पछिल्लाे २४ घण्टामा १११८ जना नयाँ संक्रमित भेटिएका छन्।

प्रकाशित: Apr 16, 2020| 12:28 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।