बिहीबार, भदौ ४, २०८३

प्रहरीलाई नटेरेपछि सेना खटियो सडकमा

रुपन्देही सदरमुकाम भैरहवामा नेपाली सेनालाई सडकमा खटाइएको छ। लकडाउनको वास्ता नगरी प्रहरीलाई अटेर गरेर सडक तथा बजारमा चहलपहल बढेपछि स्थानीय प्रशासनले सेनाको सहयोग लिएको हो।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

रुपन्देही सदरमुकाम भैरहवामा नेपाली सेनालाई सडकमा खटाइएको छ। लकडाउनको वास्ता नगरी प्रहरीलाई अटेर गरेर सडक तथा बजारमा चहलपहल बढेपछि स्थानीय प्रशासनले सेनाको सहयोग लिएको हो।

लकडाउन उल्लंघन गरी पसल खोल्ने तथा बिनाकाम सडकमा निस्कने क्रम बढेपछि सेनालाई पनि गस्ती तथा चेकजाँचमा खटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका पन्थले भने, ‘सेनाको सुरक्षा गस्ती बढाइएको छ । आवश्यकताअनुसार नेपाल प्रहरीसँगको समन्वयमा चेकजाँच पनि हुन्छ ।’

सेना नै सडक चेकजाँचमा आएपछि भैरहवामा लकडाउन प्रभावकारी हुने अपेक्षा गरिएको छ । केही दिनयता नेपाल प्रहरीको सुरक्षा तैनाथी बढेको भए पनि प्रभावकारी हुन सकेको थिएन।

सेनाले सरकारले निर्दिष्ट गरेका सवारीसाधन एम्बुलेन्स, सुरक्षाका गाडीहरु, खाद्यान्न तथा तरकारी बोकेका गाडी, फोहोर उठाउने गाडी, दूध डेरीका गाडी बाहेक अन्यलाई कडाइका साथ रोक्न सुरु गरेको छ।

नेपाल प्रहरीलाई नटेरी लकडाउनको समयमा पनि साना सवारीसाधन लिएर मान्छे ओहोरदोहोर गर्ने क्रम बढेपछि सेनाको सुरक्षा चेकजाँच र गस्ती बढाइएको सुरक्षा अधिकारीहरुले बताएका छन्। नेपाली सेनाको गस्ती टोलीले भैरहवाका मुख्य–मुख्य चोकहरुमा नियमित गस्ती गर्ने बताइएको छ।

दिनभर सुनसान हुने भैरहवामा बिहान–साँझ भने निकै चहलपहल बढेको छ। भैरहवाको गल्लामण्डी, हनुमान मन्दिर, शान्तिनगर, खजुरीया, भैरहवा गाउँ, डाँडागाउँ, बिपीपथ, उदयपुर, गोलीगढ क्षेत्रका पसलहरु निर्वाध चलिरहेका छन् ।

नेपाल प्रहरीले बारम्बार माइकिङ गरेर पसल नखोल्न बारम्बार अनुरोध गर्दा पनि अटेर गरेपछि सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना परिचालन गरिएको बताइएको छ।

भैरहवा भारतीय सहर सुनौलीसँग जोडिएको छ। भारतीय नागरिक पनि नेपाल प्रवेश गर्न सक्ने भन्दै सशस्त्र प्रहरी बलले सीमामा थप सुरक्षा तैनाथी बढाएको छ। सीमावर्ती भारतीय क्षेत्रमा कोरोनाको संक्रमण बढेपछि भारतीयहरु विभिन्न बहानामा नेपाल प्रवेश गर्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

सीमा क्षेत्रबाट कसैलाई पनि आवतजावत गर्न नदिने गरी सुरक्षा तैनाथी गरिएको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बताए।

प्रकाशित: Apr 16, 2020| 11:39 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।