मंगलबार, असार ३०, २०८३

बैंक खातामा रकम जम्मा भए नभएको निश्चित गर्न खेलाडीलाई आग्रह

युवा तथा खेलकुद मन्त्रालयले सागका पदक विजेता खेलाडीलाई आफ्नो खातामा रकम आए/नआएको निश्चित गर्न आग्रह गरेको छ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले सागका पदक विजेता खेलाडीलाई आफ्नो खातामा रकम आए/नआएको निश्चित गर्न आग्रह गरेको छ।

मन्त्रालयले बुधबार दक्षिण एसियाली खेलकुद (साग) का पदकविजेता खेलाडीले पाउने पुरस्कारवापतको रकम बैंक खातामा जम्मा गरेको थियो।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुरस्कार रकम खातामा जम्मा नभएको वा केही शंका लागेमा राखेपका कमल खनाल र मन्त्रालयका उपसचिव नवराज घिमिरेलाई सम्पर्क गर्न भनेको छ।

खेलाडीलाई पुरस्कार रकम पठाइए पनि सम्मान पत्र भने अहिले पठाइएको छैन्।

'नेपालमा सम्पन्न १३ औं सागमा पदक जित्ने नेपाली खेलाडीलाई नगद पुरस्कार र सम्मानपत्र एक समारोहबीच वितरण गर्ने कार्यक्रम राखिएकोमा कोभिड–१९ को जोखिमका कारण समारोह आयोजना गरी पुरस्कार वितरण र सम्मान सम्भव नभएको हो,’ विज्ञपप्तिमा भनिएको छ।

मन्त्रालयले अहिले पदक विजेता ४३५ खेलाडीलाई खेलकुद पुरस्कार र सम्मान कार्यविधि २०७२ अनुसारको नगद पुरस्कार कुल रु १९ करोड ५३ लाख उपलब्ध गराएको बताएको छ।

पुरस्कारका लागि प्रशिक्षकले भने केही समय पर्खनुपर्ने भएको छ। राखेपबाट प्रशिक्षक, सहायक प्रशिक्षक खेल संस्थाको हकमा कुनै पेश्की वा सरकारी रकम बाँकी नरहेको भन्ने पत्र आएपछि मात्र मन्त्रालयले पुरस्कार रकम उपदब्ध गराउने बताएको छ।

प्रकाशित: Apr 16, 2020| 10:01 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।