बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खाडी मुलुकमा ५१ नेपाली कोरोना संक्रमित, घरबाहिर निस्किए जेल

खाडी मुलुकमा ५१ नेपाली कोरोना संक्रमित, घरबाहिर निस्किए जेल

खाडी मुलुकमा कार्यरत ५१ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमितमध्ये
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

काठमाडौं- खाडी मुलुकमा कार्यरत ५१ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

संक्रमितमध्ये बहराइनमा २२, कुवेतमा १४, यूएईमा ११, र साउदीमा ४ जना रहेको त्यहाको दुतावासले जनाएको छ । जसमध्ये ४७ जनाको उपचार भइराखेको छ भने ४ जना उपचारपछि कार्यस्थलमा फर्किएका छन् ।

हालसम्म बहराइनमा कोरोनाबाट १ हजार ६ सय ७१ जना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ । यस्तै कुवेतमा १ हजार ४ सय ५ जना संक्रमित हुँदा ३ जनाको मृत्यु भएको छ ।

साउदी अरबमा कोरोनाबाट ५ हजार ८ सय ६२ जना संक्रमित भएका छन् भने ७९ जनाको मृत्यु भएको छ । त्यस्तै युएइमा ५ हनार ३ सय ६८ जना संक्रमित भेटिएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

खाडी मुलुकहरुमा सङ्क्रमण बढ्न थालेपछि अहिले त्यहाँको सरकारले सुरक्षा व्यस्था अत्यन्त कडा पारेको छ । कतिपय देशमा घरबाहिर निस्किन पूर्ण रोक लगाइएको छ भने यो नियम उल्लघन गर्नेलाई ठूलो आर्थिक जरिवानाका साथै जेल सजायसम्मको कानुन बनाएको दुतावासहरुले बताएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट हालसम्म २ लाख ८३ हजार भन्दा बढि संक्रमित भएका छन् भने १ लाख ३४ हजार ६ भन्दा धेरैको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ८४ हजार ५ सय १५ कोरोना संक्रमित थपिएका छन् भने ७ हजार ९ सय ६० जनाको मृत्यु भएको छ ।

प्रकाशित: Apr 16, 2020| 09:58 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।