मंगलबार, साउन १२, २०८३

कोभिड–१९ ले आमाकोे मृत्यु, भर्खर जन्मिएको बच्चा स्वस्थ

अस्तालका अनुसार उनले भर्खरै जन्म दिएकी छोरीको स्वास्थ्य भने सामान्य छ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

बेलायत– बेलायतमा कोभिड–१९ ले आमाको मृत्यु भए पनि भर्खरै जन्मिएको शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ।

बेलायती डिजिटल पत्रिका इन्डिपेन्डेन्टका अनुसार २८ वर्षीया नर्स मेरी अग्इवा अयापोङको आफैंले पाँच वर्षसम्म काम गरेको ‘लुटन एण्ड डनस्टेबल यूनिभर्सिटी अस्पताल’मा आइतबार मृत्यु भएको हो।

अस्तालका अनुसार उनले भर्खरै जन्म दिएकी छोरीको स्वास्थ्य भने सामान्य छ।

उनी ७ अप्रिलमा अस्पताल भर्ना भएकी थिइन। त्यसको दुईदिन अघि उनमा कोभिड–१९ संक्रमण देखिएको थियो। उनलाई अन्य कुनै रोग थिएन।

गर्भवती नर्स अयापोङले १२ मार्चसम्म अस्पतालको नियमित काम गरेकी थिइन।

उनका श्रीमान पनि कोभिड–१९ को परीक्षण गरेर ‘सेल्फ आइसोलेसन’मा बसिरहेका छन्।

 

प्रकाशित: Apr 16, 2020| 09:36 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।