त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत तीनजना डाक्टरमाथि कुटपिट भएको छ ।
बुधबार साँझ काम सकेर घर फर्कने क्रममा कान्ति बाल अस्पताल पछाडिको ओरालोमा प्रहरीले लाठी चार्ज र गालीगलौच गरेको राष्ट्रिय आवासीय चिकित्सक संघ महाराजगञ्जलले जनाएको छ ।
ड्युटी सकेर आएको भन्दै कार्ड देखाउँदा पनि अभद्र व्यवहारका साथै लाठी चार्ज गरेको भन्दै संघले दोषी प्रहरीमाथि कारबाहीको माग गरेको छ ।
संघका अध्यक्ष अनुप उप्रेती र सचिव बादल कार्कीले हक्ष्ताक्षर गरेको विज्ञप्तिमा विषम परिस्थितीमा संंकटको समयमा ज्यान जोखिममा राखेर काम गर्ने डाक्टरहरुमाथि लाठी चार्ज गर्ने प्रहरी माथि छानविन गरी कारवाही नगरिए संघ कडा कदम चाल्न वाध्य हुने चेतावनी समेत दिइएको छ ।