बिहीबार, भदौ ४, २०८३

देशभर ६ हजार ९ सयको स्वाब परीक्षण, संक्रमित यथावत्

कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको आशंकामा देशभर झन्डै ६ हजार ९ सयको थ्रोट स्वाब परीक्षण (पीसीआर टेस्ट) गरिएको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडौं– कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको आशंकामा देशभर झन्डै ६ हजार ९ सयको थ्रोट स्वाब परीक्षण (पीसीआर टेस्ट) गरिएको छ।

देशका सातै प्रदेशमा बुधबार दिउँसोसम्म ६ हजार आठ सय ७१ जनाको स्वाब नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बुधबार देशभर संक्रमितको संख्या यथावत (१६) रहेको छ।

यस्तै, देशभर आठ हजार ९ सय २९ जनाको पीसीआर टेस्ट गरिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १९५ को परीक्षण, संक्रमित भेटिएनन्

प्रदेश १ मा अहिलेसम्म ४ सय ३४ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गरिएको छ। तीमध्ये कुनैमा पनि संक्रमण देखिएको छैन। जसमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय ९५ र विराटनगरस्थित कोशी अस्पतालमा दुई सय ३९ जना छन्।  

२० जनाको नतिजा आउन बाँकी छ। 

प्रदेश २ मा ४६ को नतिजा आयो, सबै नेगेटिभ

प्रदेश २ मा ५० जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएकोमा ४६ जनाको रिपोर्ट आएको छ, जसमा सबै नेगेटिभ देखिएको छ।

आज चार जनाको नमुना संकलन गरिएको र सबैको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

बाग्मती प्रदेशमा ५४६२ काे परीक्षण

बाग्मती प्रदेशमा देशभरकै सबैभन्दा बढी पाँच हजार चार सय ६२ जनाको थ्रोट स्वाब परीक्षण गरिएको छ। जसमा काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ५ हजार २३ परीक्षण भएका छन्।

चितवनको भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा एक सय ७८को नमुना परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ देखिएको प्रवक्ता कृष्णसागर शर्माले जानकारी दिए। आज मात्रै २४ नमुना परीक्षण भएका छन् ।

मकवानपुरको हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा एक सय ५४ जनाको परीक्षण गरिएको छ।

त्यस्तै, वीर अस्पतालमा हालसम्म २२ नमुना परीक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए।

काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालमा अहिलेसम्म तीन सय १९ नमुना परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गण्डकीमा ३३५ को नतिजा आयो, संक्रमण देखिएन

गण्डकीमा हालसम्म तीन सय ३५ जनाको थ्रोट स्वाब परीक्षण गर्दा सबै नतिजा नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश ५ मा ८६ जनाको रिपोर्ट नेगेटिभ, ८ आउन बाँकी

प्रदेश ५ मा बुधबारसम्म ९४ थ्रोट स्वाबको नमुना संकलन गरिएकोमा ८६ को रिपोर्ट आएको छ। तीमध्ये सबैको रिपोर्ट नेगेटिभ देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। ८ जनाको रिपोर्ट भने आउन बाँकी छ।

कर्णालीमा भेटिएनन् संक्रमित

कर्णालीमा हालसम्म एक सय ४३ जनाको थ्रोट स्वाब परीक्षण गरिएको छ। सबैको रिपोर्ट नेगेटिभ देखिएको कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतले जनाएको छ। अझै एक सय आठको नतिजा आउन बाँकी रहेको जनाइएको छ।

सुदूरपश्चिममा १३८ नेगेटिभ

सुदूरपश्चिममा एक सय ३८ जनाको थ्रोट स्वाब परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। ७० जनाको नतिजा आउन बाँकी छ।

प्रकाशित: Apr 15, 2020| 20:07 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।