मंगलबार, असार ३०, २०८३

सरकारले सागका खेलाडीको खातामा पुरस्कार रकम पठायो

सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (मंसिर १५–२४) का पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिएको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडौं – सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (मंसिर १५–२४) का पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिएको छ।

खेलाडीहरुको बैंक खातामा कुल १९ करोड ५३ लाख रुपैयाँ जम्मा गरिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको हो।

युवा तथा खेलकुद मन्त्रालयका उपसचिव नवराज घिमिरेका अनुसार केही खेलाडीको खातामा हिजै ४ करोड रुपैयाँ पठाइसकिएको थियो भने आज सबैको खातामा रकम पठाइएको छ। उनले भने, उपत्यकाभित्रका खेलाडीले उक्त रकम आजै पाउने छन् भने उपत्यका बाहिरकाले भोलिसम्म पाउने छन्।

सागमा नेपालले ५१ स्वर्ण ६० रजत र ९६ कास्य गरी जम्मा २०६ पदक जितेको थियो।

साग सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीनिवास बलुबाटारमा बोलाएर सम्बोधन गरेका थिए।

उनले स्वर्ण विजेतालाई ९ लाख, रजत र कास्य विजेतालाई क्रमशः ६ लाख र ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए। दोहोरो स्वर्ण पदक विजेतालाई प्रति स्वर्ण ११ लाख दिने बताइएको थियो।

नगद पुरस्कार पाउने सूचीमा ६२८ जना छन्। यिमध्ये खेलाडी ४९१ छन्। उनीहरु सबैका लागि रु. २४ करोड निकासा गर्नुपर्ने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

साग सम्पन्न भएको झण्डै चार महिनापछि खेलाडी मात्रैको खातामा रकम पठाइएको हो।

स्वर्ण, रजत र कास्य जित्ने प्रशिक्षकले क्रमशः ६ लाख, ३ लाख र २ लाख पाउने र उपाधि विजेता सहायक प्रशिक्षकले क्रमशः ३ लाख, २ लाख र एक लाख पाउने पनि मन्त्रालयले जनाएको थियो।

प्रकाशित: Apr 15, 2020| 19:40 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।