बिहीबार, भदौ ४, २०८३

कर्णालीमा ११ सय ९२ जनामा कोरोना परीक्षण

कर्णाली प्रदेशमा हालसम्म ११ सय ९२ जनामा कोरोना भाइरसको नमूना परीक्षण गरिएको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा हालसम्म ११ सय ९२ जनामा कोरोना भाइरसको नमूना परीक्षण गरिएको छ।

कर्णाली प्रदेश प्रयोगशालामा १ सय ४४ जनाको स्वाब परीक्षण र विभिन्न जिल्लामा १ हजार ४८ जनाको र्‍यापिड टेष्ट गरिएको गरिएको कर्णाली स्वास्थ्य निर्देशनालयले जनाएको छ।

तर र्‍यापिड टेष्ट गरिएको मुगु जिल्लाको विवरण भने प्रदेशमा निर्देशनालयमा संकलन हुन नसकेको स्वास्थ्य निर्देशक रीता भण्डारीले जानकारी दिइन्।

फोन सम्पर्क हुन नसकेका कारण मुगुको विवरण लिन कठिनाइ भएको उनको भनाइ छ।

अहिलेसम्म स्वाव परीक्षण र र्‍यापिड टेष्ट दुबैको विवरण नेगेटिभ आएको छ।

यद्यपी रुकुम पश्चिका दुई जनामा कोरोना आशंका देखिएपछि पुनः परीक्षणका लागि स्वाव केन्द्रिय प्रयोगशाला काठमाडौंमा पठाइएको निर्देशनालयले जनाएको छ।

प्रकाशित: Apr 15, 2020| 19:14 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।