मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • आफू भएकै स्थानमा सुरक्षित बस्न भारतस्थित नेपाली राजदूतावासको आग्रह

आफू भएकै स्थानमा सुरक्षित बस्न भारतस्थित नेपाली राजदूतावासको आग्रह

भारतमा रहेका नेपाली नागरिकलाई कुनै समस्या भए ८९२९६०१९२५ मा सम्पर्क गर्न सकिने राजदूतावासले जनाएको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडौं– भारतस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकलाई बन्दाबन्दीको समयमा आफू भएकै स्थानमा सुरक्षित बस्न आग्रह गरेको छ।

आज विज्ञप्ति जारी गर्दै राजदूतावासले भारत सरकारले जारी गरेको आदेश वा सूचनाको पूर्ण पालना गरिदिन आग्रह गरेको हो।

भारतले आगामी ३ मे अर्थात् २१ बैशाख सम्मको लागि बन्दाबन्दी थप गरेको छ। नेपालमा पनि १५ बैशाखसम्म बन्दाबन्दी छ।

कोभिड–१९ को जोखिम कम गर्न दुवै देशमा बन्दाबन्दी गरिएको समयमा सीमाबाट आवात–जावत नगर्न पनि दूतावासले अपिल गरेको छ।

त्यसैगरी भारतमा रहेका नेपाली नागरिकलाई कुनै समस्या भए ८९२९६०१९२५ मा सम्पर्क गर्न सकिने राजदूतावासले जनाएको छ।

प्रकाशित: Apr 15, 2020| 14:37 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।