शनिबार, फागुन ३०, २०८२

नाइजेरियामा जातीय हिंसामा २५ को मृत्यु

अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु भएको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

National life
Laxmi sunrise bank
kumari

अबुजा– अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय शोमो र जोली जातीय समूहबीच भएको भिडन्तमा झण्डै १०० वटा घरमा क्षति पुगेको छ।
ताराबाको लाउ नाम गरेको गाउँमा यी दुई प्रमुख जातिको बसोबास रहेको छ र उनीहरुको मुख्य पेशा माछा मार्ने हो। प्रहरी प्रवक्ता डेभिड मिसालले दुबै पक्षबीच भएको हिंसात्मक झडपका बारेमा अनुसन्धान थालिएको बताए। दुवै समुदायबीचको उक्त हिंसाको मुख्य कारण भने थाहा भइसकेको छैन।

स्थानीयबासीका अनुसार दुई समुदायबीच माछा पोखरीको स्वामित्वका विषयमा लामो समयदेखि विवाद हुँदै आइरहेको छ। यही कारण बेलाबेला हुने झडपका कारण मानिसको मृत्यु हुने गरेको छ।
सन् १९९० को दशकमा राज्य सरकारले विवादित माछा पोखरीमा माछा मार्न दुबै समुदायमाथि प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्ध सन् १९९९ मा हटाइएको थियो तर त्यसयता दुबै समुदायबीच अझ बढी हिंसात्मक झडप हुन थालेका छन्।
हिंसात्मक झडप भएको स्थानमा सशस्त्र प्रहरी खटाइएको छ। -रासस

प्रकाशित: Apr 15, 2020| 13:13 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।