शनिबार, फागुन ३०, २०८२

कोरियामा आज चुनाव, मतदानमा संक्रमितलाई भिन्नै व्यवस्था

चुनावमा कोरोना सङ्क्रमितले पनि भोट हाल्न पाउनेछन्। उनीहरु बिहान ९ बजेअघि र बेलुकी ६ बजेपछि मात्र मतदान केन्द्र जान सक्ने व्यवस्था मिलाइएको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

सिओल- दक्षिण कोरियामा आज राष्ट्रियसभाका ३०० सदस्यका लागि आम निर्वाचन हुँदै छ। चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन्।

National life

राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने योजनासहित मैदानमा छ। अहिले सदनमा यो दलको १२० सिट छ। बलियो प्रतिद्वन्द्वी युनाइटेड फ्युचर पार्टी पनि आफ्नो बहुमत आउनेमा ढुक्क छ। सदनमा युटाइटेड फ्युचरको पार्टीको ११२ सिट भए पनि २० सांसदले छुट्टै युनाइटेड पार्टी खोलेर चुनाव लडेका छन्।

मजदुरको पक्षधर मानिने राष्ट्रपति मुनको तीनवर्षे कार्यकाल पूरा भएको छ। आफूले सत्ता सम्हाल्नासाथ मजदुरको ज्याला प्रतिघण्टा १० हजार वन पु¥याउने उनको महत्वाकांक्षी योजना अझै पूरा हुन सकेको छैन।
कोरोना माहामारीलाई घटाउन उनको सरकारले गरेको कदमको विश्वव्यापी प्रशंसा भइरहेको छ।

मतदानका क्रममा कोरोना संक्रमण फैलन नदिन सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। मतदाताले लाइनमा उभिँदा एक मिटर दूरी कायम राख्नुपर्ने, सबैले मास्क लगाउनुपर्ने, मतदान केन्द्र प्रवेश गर्नुअघि स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ।

मतदानस्थलमा सबै मतदाताको विशेष यन्त्रमार्फत ज्वरो नापिने र ३७.५ भन्दा बढी तापक्रम भएका मतदातालाई छुट्टै लाइनको व्यवस्था गरिनेछ।

Laxmi sunrise bank
kumari

चुनावमा कोरोना सङ्क्रमितले पनि भोट हाल्न पाउनेछन्। उनीहरु बिहान ९ बजेअघि र बेलुकी ६ बजेपछि मात्र मतदान केन्द्र जान सक्ने व्यवस्था मिलाइएको छ।
कोरोना माहामारीका कारण दुई वा तीन जना प्रतिनिधिहरुले सामान्य घरदैलो कार्यक्रम गरी चुनाव प्रचारप्रसार गरेका थिए।

प्रकाशित: Apr 15, 2020| 09:58 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।