मंगलबार, चैत १०, २०८२

संकटमा सहयोग गरौँ, तनावमुक्त होऔँ

वैज्ञानिकहरुले के पत्ता लगाएका छन् भने दान लिने भन्दा दिने व्यक्ति स्वस्थ, तनावमुक्त र दीर्घजीवी हुन्छ।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

धेरैलाई लाग्छ, भौतिक जमानामा दानको कुरा किन? दान लिने व्यक्तिलाई त फाइदा हुन्छ, दिनेलाई के?

National life

तर, वैज्ञानिकहरुले के पत्ता लगाएका छन् भने दान लिने भन्दा दिने व्यक्ति स्वस्थ, तनावमुक्त र दीर्घजीवी हुन्छ। प्रश्न उठ्न सक्छ, यो त पूर्वीय संस्कृतिमा धेरै पहिलेदेखि नै चलनचल्तीमा आएको कुरा होइन? हो, वैज्ञानिकहरु अहिले आएर दान र उपकारलाई तनावमुक्तिको अचूक उपाय रहेको निष्कर्षमा पुगेका छन्।

कोरोना भाइरस संक्रमणका कारण हामी असाधारण तनावमा छौं। यस्तो अवस्थामा विज्ञानले तनावबाट मुक्ति हुने केही सरल र प्रभावकारी उपाय सुझाएको छ। वैज्ञानिकहरुको सुझाव छ- अरुलाई सहयोग गर्न सुरु गर्नुस्। बिस्तारै तनावबाट मुक्ति मिल्नेछ।

वैज्ञानिकका अनुसार मानसिक रुपमा स्वस्थ रहने सबैभन्दा तरिका हो अर्कालाई सहयोग गर्नु। उनीहरुले भनेका छन्- कोही आपतमा र तनावमा छ भने तपाईं उसलाई केही सहयोग गर्नस्। यसले उसको मात्र होइन तपाईंको स्वास्थ्य अवस्थामा सुधार ल्याउनेछ।

वार्टन स्कुलका मनोवैज्ञानिक एडम ग्रेटले भने, 'यस्ता धेरै तथ्यहरुले के सुझाव दिएका छन् भने चिन्ताबाट मुक्तिका लागि अचूक औषधि उदारता र सहयोग हो।'

Laxmi sunrise bank
kumari

एडम चर्चित पुस्तक 'गिभ एन्ड टेकः अ रिभोल्युसनरी एप्रोच टु सक्सेस' का लेखक हन्। उनका अनुसार हामीले समस्यामा परेका मानिसलाई केही सहयोग गर्दा र दान दिँदा मन हल्का हुन्छ। उनले भने, ‘दान दिने कुरा सोच्दा मात्रै पनि मस्तिष्कमा एक प्रकारको रसायन पैदा हुन्छ। जसले हामीलाई खुसी महसुस गराउँछ।’

अध्ययनका अनुसार यसले हाम्रो मस्तिष्कको त्यो भाग सक्रिय बनाउँछ, जुन भाग खाना खाँदा, यौनसम्पर्क गर्दा उत्पन्न हुने आनन्दसँग जोडिएको हुन्छ। उनले भने, ‘स्वयंसेवकले कसैलाई सहयोग गरेको छ भने त्यो दिन उसको शरीरमा तनाव उत्पन्न गर्ने हर्मोनको स्तर नै कम उत्पादन हुन्छ।’

फोन गर्नुस्, सहयोग गर्नुस्

हामी लकडाउनमा छौं। हाम्रो अगाडि चुनौती छ, भौतिक रुपमा टाढा रहेर अरुलाई कसरी सहयोग गर्न सकिन्छ? स्वाभाविक हो यस्ता महामारीमा हाम्रा परम्परागत तरिकाबाट सहयोग गर्न सक्दैनौं। तर लिने र दिने दुवैले लाभ लिन सक्ने उपाय पनि त छ।

त्यो के भने कसैलाई आर्थिक सहयोग दिनुभन्दा समय दिनु बढी लाभदायक हुन्छ। यो यति सजिलो तरिका छ, संकटमा तपाई कसैलाई फोन गरेर पनि सहयोग गर्न सक्नुहुन्छ। आफूले भोगेको समस्याबारे जानकारीसहित उसलाई केही सल्लाह दिन सक्नुहुन्छ। पीडितको कुरा सुनिदिनु पनि एउटा सहयोग हो।

सल्लाह दिनु झन् लाभदायक

अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालय र सिकागो विश्वविद्यालयले सहयोग लिनेलाई भन्दा सहयोग गर्नेलाई फाइदा हुने तथ्य पत्ता लगाएको छ। विश्वविद्यालयले २२७४ विद्यार्थीमा एउटा अध्ययन गरेको थियो।

अध्ययनबाट के पत्ता लाग्यो भने माध्यमिक तहमा पढ्ने विद्यार्थीले आफूभन्दा तल्ला तहका विद्यार्थीलाई सिकाउने विद्यार्थीको पढाइको स्तर बढ्दै गयो। उनीहरु नै गृहकार्यमा समय दिन थाले।

यस्तै धेरै तौलका व्यक्तिले अरुलाई तौल घटाउन सल्लाह दिँदा उनीहरु आफैंको तौल घट्न थाल्यो। हामी कोहीप्रति जिम्मेवारपूर्ण व्यवहार गर्छौं भने त्यस्तो अवस्थामा हामी आफ्ना चुनौती सामना गर्न थप सक्षम हुन्छौं। एडमले भने, कसैबाट सल्लाह लिँदा भन्दा कसैलाई सल्लाह दिँदा मानसिक रुपमा बढी फाइदा हुन्छ।

अन्य व्यक्तिप्रति जिम्मेवार होऔँ

रेटगर्स विश्वविद्यालयका सामाजिक कार्यका प्राध्यापक एमिली ए ग्रिनफिल्डले फेल्ट अब्लिगेनस नामक अवधारणाको अध्ययन गरेकी थिइन्। त्यसमा ८४९ व्यक्ति सामेल थिए। उनीहरुलाई सोधिएको थियो, के तपाईंका मित्र संकटमा हुनुहुन्छ भने उसलाई आर्थिक सहयोग गर्ने दायित्व सम्झनुहुन्छ?

सबैले एउटै उत्तर दिएका थिए, जसले अरुलाई सहयोग गर्छ, उसले आफ्नो जीवनमा आएको संकटको समाधान राम्ररी गर्न सक्छ। प्राध्यापक ग्रिनफिल्डको निष्कर्ष छ, अरुलाई सहयोग गर्दा हाम्रा आफ्ना भावना नियन्त्रणमा राख्न मद्दत गर्दछ। अर्को कुरा तनावको अवस्थामा घरमा सुरक्षित रहेर के पढ्ने, के हेर्ने, के खेल्ने र के सुन्ने भन्ने सुझाव पाउन सकिन्छ।

यस्ता धेरै अध्ययनले अरुलाई सहयोग गर्दा तनावको असरबाट मुक्तिका लागि सहयोग हुने निष्कर्ष निकालेका छन्। साना प्रयासहरु नै महत्त्वपूर्ण हुन्छन् । येल विश्वविद्यालयका मनोचिकित्सक स्टेभेन साउथविक भन्छन्, ’यसका लागि व्यक्तिले आफूभन्दा अरु महत्त्वपूर्ण छन् भन्ने कुरा बोध गर्नुपर्छ।’

यस्तो उच्च भावना भएमा तत्काल हामी तनावबाट मुक्त हुन्छौं भने दीर्घकालीन रुपमा स्वस्थ्य हुन्छौं र समयभन्दा चाँडै मृत्यु हुने जोखिम कम हुन्छ।

(न्युयोर्क टाइम्सबाट भावानुवाद)

प्रकाशित: Nov 01, 2020| 11:31 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्