शनिबार, फागुन ३०, २०८२

कोरियाले प्रवासी कामदारलाई ५० दिन भिसा थप्ने

श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी कोरोना माहामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप गर्ने भएको हो।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

सउल– दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ।

National life

श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी कोरोना माहामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप गर्ने भएको हो।

इपिएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा चार वर्ष १० महिना मात्र बस्न पाउने नियम छ। उक्त नियमअनुसार अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्ने हुन्छ।

अवधि पूरा भएर पनि फर्कन नपाएका झण्डै १८ हजार ५०० प्रवासी मजदुरलाई यो निर्णयले सहज बनाएको छ। रासस

प्रकाशित: Apr 14, 2020| 13:24 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।