बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दक्षिण एसियामा कोरोनाबाट ५२१ को मृत्यु, कुन देशमा कति संक्रमित ?

दक्षिण एसियामा कोरोनाबाट ५२१ को मृत्यु, कुन देशमा कति संक्रमित ?

दक्षिण एसियाका ८ मुलुकमा अहिलेसम्म १७ हजार ८ सय ८५ संक्रमित भेटिएका छन् भने ५ सय २१ को मृत्यु भएको छ ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

काठमाडौं- पछिल्लो एक सातामा दक्षिण एसियाका अधिकांश मुलुकहरुमा कोरोनाको संक्रमण ह्वातै बढेको छ ।

मंगलबार बिहानसम्ममा दक्षिण एसियाका ८ मुलुकमा अहिलेसम्म १७ हजार ८ सय ८५ संक्रमित भेटिएका छन् भने ५ सय २१ को मृत्यु भएको छ ।

मृत्यु र संक्रमितका हिसावले भारत कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको छ । जहाँ पछिल्लो एक सातामा संक्रमितको संख्या दोब्बर पुगेको छ भने मृतकको संख्या तेब्बरले बढेको छ ।

भारतमा कोरोनाबाट १० हजार ४ सय ५३ जना संक्रमित भएका छन् भने ३ सय ५८ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ५ हजार ७ सय ७ जना संक्रमित हुँदा ९६ जनाको मृत्यु भएको छ ।

दक्षिण एसियामा कोरोनाबाट तेस्रो प्रभावित मुलुकको सूचीमा बंगलादेश देखिएको छ । जहाँ ८०३ जना संक्रमित भेटिएका छन् भने ३९ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा ६६५ जनामा संक्रमण पुष्टि हुँदा २१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

श्रीलंकामा अहिलेसम्म २१८ जना संक्रमित भेटिएका छन् भने ७ जनाको मृत्यु भएको छ । माल्दिभ्स, नेपाल र भुटानमा भने कोरोनाबाट अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन् ।

माल्दिभ्समा २० जना संक्रमित भेटिएका छन् भने नेपालमा १४ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट सबैभन्दा कम प्रभावित भुटानमा भने ५ जना मात्रै संक्रमित भेटिएका छन् ।

प्रकाशित: Apr 14, 2020| 09:32 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।