श्रीलंकामा कोरोना भाइरस रोग (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको अन्त्येष्टि जलाएर गर्नुपर्ने नियम बनाइएको छ।
सरकारले अल्पसंख्यक मुस्लिम धर्मावलम्बीको विरोधबीच यो निर्णय गरेको हो।
समाचार एजेन्सी एएफपीका अनुसार श्रीलंकामा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म सात जनाको ज्यान गइसकेको छ। यसमा तीन जना मुस्लिम थिए। उनीहरूको शव पनि जलाइएको थियो, जबकि ती व्यक्तिका परिवारजन र आफन्त यसका लागि तयार थिएनन्।
श्रीलंकाका स्वास्थ्यमन्त्री पवित्रा वाणिअराचछीले भनिन्, “कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको शवलाई जलाइनेछ।”
विश्व स्वास्थ्य संगठनले भने कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको शव जलाउन वा गाड्न सकिने बताएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीलंकामा दुई सयभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ।
एमनेस्टीको दक्षिण एसिया निर्देशक विरज पटनायकले यो महिनाको सुरुवातमा भनेका थिए– यो मुस्किल समय भएकाले सरकारले अहिले सबै समुदायलाई साथ लिनुपर्छ न कि विभाजन।
सरकारले धार्मिक तथा परिवारको संवेदनाको अपमान गरेको त्यहाँका मुस्लिम नेताले आरोप लगाएका छन्।
श्रीलंकामा कूल २.१ करोड जनसंख्यामध्ये १० प्रतिशत मुस्लिम छन्।
बीबीसी