शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • धूमधामका साथ शिलान्यास गरिएका तनहुँका दर्जन पुलको निर्माण कार्य सुस्त

धूमधामका साथ शिलान्यास गरिएका तनहुँका दर्जन पुलको निर्माण कार्य सुस्त

भिमाद नगरपालिका–८, थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेवर जोड्ने वर खोलामा बन्ने भनेर शिलान्यास भएको पुलको निर्माण २०७८ असार २२ गतेसम्म सम्पन्न हुनुपर्ने थियो।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं- भिमाद नगरपालिका–८, थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेवर जोड्ने वर खोलामा बन्ने भनेर शिलान्यास भएको पुलको निर्माण २०७८ असार २२ गतेसम्म सम्पन्न हुनुपर्ने थियो।

तर हाल खोलामा चारवटा पिलर मात्र ठडिएको छ, अरु कामको सुरसार नै छैन। मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेन्चर, पोखराले ठेक्का पाएको सो पुलको काम वर्षतका कारण रोकिएको जनाइएको छ।

हिउँदमा कुलोजस्तै भएर बग्ने बुडुवा खोला खोला वर्षात्मा भने उर्लेर आउँछ। पुलबिना वारीपारी गर्न सम्भव हुँदैन। पुलको अभावमा स्थानीयहरु आफ्नो दैनिक कामकाजको लागि जोखिम मोलेर निर्माण पुरा नभएको पुलवाटै वारपार गर्न बाध्य छन्। पुल र सडकको बीचमा  फिलिङ गरेर बाटो जोड्ने काम बाँकी नै छ।

गाडी गुड्ने पुलको माग गर्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारले आफ्नो लगानीमा पुल बनाउन २०७७ पुष शिल्यान्यास  गर्यो। तर ठेक्का लागे पनि निर्माणको कामले भने गति पाउन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का पाएको सो पुल निर्माण सम्झौता २०७८ असार २७ मै सकिएको छ।

यी लगायत तनहुँमा आव २०७७/७८ मा गण्डकी प्रदेश सरकारको लगानीमा बन्ने भनिएको पुलहरुको शिलान्यास भयो। जिल्लाका १२ वटा नदी, खोलामा मोटरेबल पुल बनाउने योजना थियो।
पुलको काम अझै १५ प्रतिशतभन्दा बढी बाँकी छ। कहिले सकिने टुंगो छैन। तर उर्लेको खोलाभन्दा पुल नै सुरक्षित ठान्छन् स्थानीय तर पुल पनि पूर्ण सुरक्षित भइसकेको छैन। धन्न अहिलेसम्म कुनै दुर्घटना भएको छैन। भोलि कुनै भवितव्य हुनसक्ने हुँदा फिलिङको काम चाँडो सकिदिए हुन्थ्यो भन्ने स्थानीयको माग छ।

‘काम गर्न पाएको भए यतिबेलासम्म पुल बनिसक्थ्यो होला। बाढीले गर्दा काम रोकियो,’ उपभोक्ता समितिका अध्यक्ष पदमराज सेन ठकुरी भन्छन्।

उता ऋषिङ गाउँपालिका–४, मधुवन र ५, रुपटार जोड्ने ज्वाला खोलामा निर्माण थालिएको पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति टरिसकेको छ। सम्झौताअनुसार २०७८ असार २५ सम्ममा निर्माणसम्पन्न भइसक्नु पर्ने थियो। तर पुल अझै कति समयमा पुरा हुन्छ यकिन गर्नसक्ने अवस्था छैन।


ज्वाला खोलासहित शालिकराम करिडोरमा मात्र चारवटा पुल शिलान्यास भएको थियो। तर एउटा पुल पनि निर्माण सम्पन्न भएको छैन।

रिस्ती खोलामा पनि दुईवटा पुल बनाउन धुमधामसँग शिलान्यास गरिए। ती दुवै पुल निर्माणाधीन अवस्थामै छ।

यी लगायत तनहुँमा आव २०७७/७८ मा गण्डकी प्रदेश सरकारको लगानीमा बन्ने भनिएको पुलहरुको शिलान्यास भयो। जिल्लाका १२ वटा नदी, खोलामा मोटरेबल पुल बनाउने योजना थियो।

तर, निमार्ण सम्झौताअनुसार समयमै बन्नुपर्ने पुलहरु कुनै पनि समयमा बन्न नसकेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।

कार्यालयका अनुसार छ वटा पुल गत असारमा सम्पन्न हुनुपर्ने थियो। तीन वटा पुलको निर्माण सम्पन्न गर्नुपर्ने समय २०७८ असोजसम्म छ। बाँकी पुलको म्याद आगामी आर्थिक वर्षसम्म छ। 

कोरोना महामारीका कारण कारण पुल निर्माणमा ढिलाइ भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगाना बताउँछन्।

१२ पुललाई २९ करोड एक लाख २९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। यो आर्थिक वर्ष प्रदेश सरकारले निर्माणाधीन पुलका लागि २६ करोड ४० लाख विनियोजन गरिसकेको छ।

‘कोरोनाका कारण लक्ष्य अुनसार काम हुने नसकेको हो,’ ढुंगानाले बताए। यद्यपि कार्य प्रगति सन्तोषजनक देखिएको उनी बताउँछन्।

कोरोना महामारीका कहरमा म्याद सकिएका निर्माणाधीन योजनालाई सरकारले एकमुष्ट ६ महिना म्याद थप्ने निर्णय गरिसकेको छ।

‘म्याद सकिएका पुल ६ महिनाभित्र सम्पन्न हुने गरी काम गर्न निर्देशन दिनेछौं,’ ढुंगाना भन्छन्।

उनले रिस्ती खोला सोती पसल र बुडुवा खोला लोकतान्त्रिक पुलको काम अन्तिम चरणमा पुगेको बताए।

‘दुवै पुलको काम ९० प्रतिशत हाराहारीमा छ। अब स्ल्याब राख्ने काम मात्र बाँकी छ,’ उनले भने।

१२ पुललाई २९ करोड एक लाख २९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। यो आर्थिक वर्ष प्रदेश सरकारले निर्माणाधीन पुलका लागि २६ करोड ४० लाख विनियोजन गरिसकेको छ। सबै पुल सम्पन्न गर्न ८९ करोड ६६ लाख ६१ हजार २ सय ४० रुपैयाँमा सम्झौता भएको हो।

गण्डकी प्रदेश सरकाले तनहुँमा निर्माणाधीन १४ मोटरेबल पुलका लागि बजेट विनियोजन गरेको छ। १४ पुललाई ३ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।


प्रकाशित: Sep 10, 2021| 09:29 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्