शनिबार, फागुन ३०, २०८२

बेलायती प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

दुई सातापहिले कोरोना भाइरस संंक्रमण पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्तमा बसेर उपचार गराएका थिए।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

National life
Laxmi sunrise bank
kumari

लन्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता भएको प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) का प्रवक्ताले बताएका छन्।

दुई साता पहिले कोरोना भाइरस संंक्रमण पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्तमा बसेर उपचार गराएका थिए।

तर चिकित्सकको सल्लाहमा करिब एक सातापहिले उनलई अस्पतालमा भर्ना गरिएको थियो। उनलाई तीन दिनसम्म सघन उपचार कक्षमा राखिएको थियो।
प्रधानमन्त्री जोनसन अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवास ‘चेकर्स’ मा फर्किएका छन्। उनी तत्काल काममा फर्कने छैनन्। रासस

प्रकाशित: Apr 12, 2020| 20:59 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।