शनिबार, फागुन ३०, २०८२

भारतमा कोरोना संक्रमितको संख्या साढे ८ हजार

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या साढे ८ हजार नाघेको छ।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

एजेन्सी- भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या साढे ८ हजार नाघेको छ।

National life

जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ।

पछिल्ला केही दिनयता भारतमा कोरोनाबाट संक्रमितको संख्या र मृत्यु हुनेको संख्या तिब्ररुपमा बढिरहेको छ।

त्यहाँका सबैजसो प्रान्तमा कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

संक्रमणको जोखिम न्युनिकरणका लागि भारतमा पनि १९ दिनदेखि लकडाउन जारी छ।

Laxmi sunrise bank
kumari

त्यहाँ १४ अप्रिलसम्मका लागि लकडाउनको घोषणा गरिएको छ। लकडाउनको समय अझै थप्ने तयारी भारत सरकारले गरिरहेको छ।

नेपालमा जस्तै भारतमा पनि अत्यावश्यक सेवा बाहेक अन्य सेवा सूचारु छैनन्।

भारतका सबै प्रदेशका जस्तै हरियाणामा पनि लकडाउन कडाईका साथ लागू गरिएको छ।

भारतमा कोरोना भाइरसको संक्रमणपछि उपचार गराएर निको हुनेको संख्यासमेत ९७२ पुगेको छ।

प्रकाशित: Apr 12, 2020| 18:00 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।