मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • बांग्लादेशका पूर्वराष्ट्रपति रहमान हत्या अभियोगमा सैन्य अधिकारीलाई फाँसी

बांग्लादेशका पूर्वराष्ट्रपति रहमान हत्या अभियोगमा सैन्य अधिकारीलाई फाँसी

बंग्लादेशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानको हत्या अभियोगमा एक पूर्व सैन्य अधिकारीलाई शनिबार फाँसी दिइएको छ।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

ढाका- बांग्लादेशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानको हत्या अभियोगमा एक पूर्व सैन्य अधिकारीलाई शनिबार फाँसी दिइएको छ। पूर्व सैन्य अधिकारी अब्दुल मजिदलाई रहमान हत्याको ४५ वर्षपछि फाँसी दिइएको हो। 

National life

अब्दुल मजिदले राष्ट्रपतिसमक्ष जीवनरक्षाका लागि गरेको अपिल अस्वीकृत भएपछि फाँसी दिइएको बताइएकाे छ। रहमानको हत्या अभियोग लागेका अब्दुल २५ वर्षदेखि फरार थिए। उनलाई गत मंगलबार पक्राउ गरिएको थियो।

रहमान वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता हुन्।  रहमानको हत्या सन् १९७५ को सैन्य कुमा भएको थियो। स्वतन्त्र बांग्लादेश बनेको चार वर्षपछि रहमानको हत्या भएको थियो।

बांग्लादेश सरकारले सन् १९९८ मा मजिदसहित एक दर्जन सैन्य अधिकारीहलाई मृत्युदण्ड सुनाएको थियो।

 

प्रकाशित: Apr 12, 2020| 11:42 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।